खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।

तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्ने’bout अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउ“छन् । उनका अनुसार पालिकाले लक्षित समूह नछुट्नेगरी १८ वर्षमाथिकालाई खोप लगाउने निर्णय गरेको पाइएको छ । ‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन,’ डा.गौतमले भने, ‘लक्षित समूहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’ लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्बन्धित जिल्ला वा स्थानीय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई लगाउनसक्ने स्वास्थ्य मन्त्रालय बताउँछ ।

नेपालमा हालसम्म ३१ लाख ५० हजारभन्दा बढीले पहिलो मात्रा र ११ लाख ५८ हजार बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन् । यसैबीच, बुधबार देशभर २ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय १६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिकामा २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय १५ जना पीसीआर परीक्षण गर्दा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय २० मा संक्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर र एन्छीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४ सय ५५ मा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६ लाख ३६ हजार ४ सय २ संक्रमित निको भएका छन् । देशभर बुधबार १ हजार ४ सय ७५ संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृत्युस“गै हालसम्म ९ हजार ६ सय ३६ को मृत्यु भइसकेको छ । देशभर २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६२७ जना आईसीयूमा र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३ सय १ जना क्वारेन्टाइनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार