Sunday, August 1, 2021
HomeEditor-Picksपर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । जसका कारण गत १ साउनदेखि नेपाल आउने विदेशी पर्यटकले बजेटमा उल्लेख भएको सो सुविधा उपभोग गर्न पाएका छैनन् ।

अघिल्लो सरकारले गत १५ जेठमा अध्यादेश मार्फत ल्याएको बजेटमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एकमहिना अवधिको पर्यटकीय भिसा निःशुल्क प्रदान गरिने उल्लेख गरिएको थियो । बजेटमा भिसा शुल्क दिने विषय समेटेपछि यसअघि पर्यटन व्यवसायीहरूले पनि सोहीअनुसारको सुविधा पाउने भन्दै अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गरेका थिए । तर, अहिले कार्यान्वयनमा नआएपछि व्यवसायीहरूसमेत समस्यामा परेका छन् ।

विदेशी पर्यटकले एक महिना अवधिको भिसा शुल्क छुट दिने विषयमा सोधखोज गरे पनि कार्यान्वयन गर्ने निकायको बेवास्ताका कारण अहिले आफूहरू थप समस्यामा पर्दै आएको सम्बन्धित क्षेत्रका व्यवसायीहरूको भनाइ छ । उनीहरूले सरकारले बजेटमार्फत घोषणा भएको कुरा जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले अहिलेसम्म बजेटमा आएको पर्यटकलाई भिसा छुट दिने विषय कार्यान्वयन नहुनु सबैभन्दा ठूलो समस्याको विषय भएको बताए । सरकारी निकायबाट हुने अधिकांश निर्णयहरू कार्यान्वयनमा नआउँदा धेरै व्यवसायीहरू समस्यामा परेको बताउँदै उनले अहिले बजेटमा आएको विषय पनि छुट दिन सरकारी कर्मचारीहरूले आनाकानी गरेको धारणा राखे । निर्णय भएको विषय कार्यान्वयनमा नआउँदा विदेशीहरू माझ मुलुकको छविमा नकारात्मक सन्देश जाने बताउँदै रिजालले भने, ‘जुनजुन निकायहरूबाट रोकिएको हो, त्यसलाई तत्कालै कार्यन्वयनमा जानुपर्छ ।’

होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले सरकारले ल्याउने हरेक नीति नियमहरू राम्रा भए पनि कार्यान्वयन गर्ने निकाय फितलो भएकै कारण व्यवसायीहरू समस्यामा पर्ने गरेको बताए । अहिले पनि बजेटमा आएको विषय नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत कार्यान्वयन नहुँदा नेपाली मात्र होइन विदेशीहरूसमेत अचम्मित भएको उनको भनाइ छ । विदेशी पर्यटकले छुटको विषयमा आफूसँग जिज्ञासा राख्दै आएको उनले बताए । यसैगरी, अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पर्यटन मन्त्रालयबाट भिसा शुल्क छुटको विषयमा कुनै परिपत्र नआएको बताए । ‘परिपत्र नआएकाले हामीले भिसा शुल्कमा छुट दिएका छैनौं,’ महानिर्देशक भट्टराईले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भर्खर नयाँ सरकार आएको र अघिल्लो सरकारले ल्याएको बजेट नै संशोधनको चर्चा चलेकाले भिसा शुल्क छुटको विषयमा विभागलाई परिपत्र नगरिएको बताए ।

अहिले सरकार परिवर्तन भई बजेट नै नयाँ ल्याउने विषयमा छलफल भइरहेको बेला अध्यादेशमार्फत आएको बजेटलाई कार्यान्वयन नगरिएको जानकारी गराउँदै मन्त्रालयका सचिव कोइरालाले भने, ‘अब हामी यसको विषयमा आगामी केही दिनमै टुंगो लगाउँछौं । ’ सर्वोच्च अदालतको आदेशअनुसार सरकार परिवर्तन भने नयाँ आर्थिक वर्षअघि नै भएको हो । सर्वोच्च अदालतले गत २८ असारमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार अहिलेको नयाँ सरकार गठन भएको हो ।

ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का महासचिव सरिता लामाले पनि जतिसक्दो छिटो बजेटमार्फत घोषणा भएको विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिने निर्णय कार्यन्वयन गर्नुपर्ने बताइन् । आफूहरूले एक महिनाका लागि मात्र होइन, एक वर्षका लागि छुट दिने प्रस्ताव तयार गर्न लागेको जानकारी गराउँदै टानका महासचिव लामाले भनिन्, ‘पर्यटन क्षेत्रका सबै संघसंस्थाले संयुक्त रूपमा सरकारलाई यस विषयमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौं ।’

मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउने नारा मात्र ल्याएर हुँदैन भन्दै उनले जतिसक्दो छिटो सरकारले बजेटमार्फत घोषणा गरेको नयाँ कार्यक्रम कार्यान्वयमा ल्याएर विदेशी पर्यटक आकर्षण गर्नेतर्फ यो सरकारको ध्यान जानुपर्ने बताइन् । उनले यस्ता कार्यान्वयनमा ल्याउन नसक्ने विषय केही समयको प्रचारका लागि मात्र भयो भने विदेशी पर्यटकले नेपाल सरकारको विश्वास नगर्ने अवस्था आउन सक्ने भएकाले यस्तो कुरामा सरकार निकै गम्भीर हुनुपर्ने बताइन् ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

साताका लोकप्रिय समाचार

तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

कैलाली । नेपाल आईटीएफÞ तेक्वान्दो महासंघ अन्तर्गत सुदुर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ । सुदुर पश्चिमकै नमूना...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

  काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई...

सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका...

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

टोकियो । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन...

ट्रेन्डिङ

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

बलात्कारीलाई जाेगाउन उजुरी गर्ने नदिने पञ्च धरौटीमा रिहा

सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)