Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picks६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

नारायण अधिकारी,
sharethis

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उनका पश्चाताप र नैराश्यतामा बितेका छन् ।

पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ परे । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किएका प्रजाले आफ्नै घरमा व्यवसाय थालेका छन् ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उनको निवासमा पुग्दा उनी काममा व्यस्त थिए । घरमै मदिरा पसल शुरु गरेका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उनका आँखा आँशुले रसाएका थिए । विगतको जेलजीवन र त्यसपछिका उनका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उनले भने, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

त्यसो त उनी  ६० हजार पाउने लोभमा फसे । घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उनी निकुञ्ज पुगे । तस्कर टोलीको भरियाको काम उनले गरे । काम फत्ते भएमा  ६० हजार पाउने लोभ उनलाई दिइयाे । दुई पटक गरेर १५ हजार मात्रै पाएको बताउछन् । त्यही बीचमा वि सं २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उनको भनाइ छ ।

पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सकेनन् । दुई महिनाको आवतजावतपछि ठोरीबाट उनी पक्राउ परे । विसं २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उनले भने “रासन पानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउछन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

त्यति बेलाको रु ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उनको भनाइ छ । त्यति बेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको सुनाउँदै उनले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गरे । “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।” उनले भने ।

आँखाभरी आँशु पार्दै उनले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाए । बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छटदै गर्दा निकुञ्जमा  चार लाख रूपैयाँ जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा  नौ लाखभन्दा बढी सक्किएको उनको भनाइ छ । उनले भने, “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।”

जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उनले गुनासो गरे । “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्”, उहाँले गुनासो गर्दै भने “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।”

भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उनले व्यवसाय शुरु गरेका छन् । जग्गा धितो राखेर रु २० लाख ऋण लिएर व्यवसाय थालेका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई आपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिन्छन्। आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उनी छन् । रासस

तपाइको प्रतिक्रिया

(Visited 181 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वायु प्रदूषणको अवस्था खतरनाक

आजको समाचार

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

साताका लोकप्रिय समाचार

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

यी हुन् सशस्त्र प्रहरीमा पदक पाउने भाग्यमानीहरु, सबैभन्दा ठूलो पदक डीआईजी राजु अर्याललाई

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक विभूषण घोषणा गरेकी छन् । जसमा...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

ट्रेन्डिङ

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

कान्टे अभ्यासमा फर्किए

लन्डन । इंग्लिस क्लब चेल्सी फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टे व्यक्तिगत अभ्यासमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को डरका कारण छुट्टै बसेका कान्टे चेल्सीको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)