Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैजसपा विवादको फैसला सोमबार

जसपा विवादको फैसला सोमबार

महेश्वर गौतम ,
sharethis

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।

आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।

सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।

– कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै
– यादव पक्ष बलियो

इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो ।

‘निवेदक पक्ष र विपक्षी दुवैलाई ११ गते केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी र सदस्यसहित पक्षविपक्षमा खुलेर आउनू भनेका छौं । सोही दिन नै नागरिकता वा मतदाता परिचयपत्रसहित हेडकाउन्ट हुन्छ, त्यही दिन विवादको छिनोफानो हुन्छ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

१२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो ।

‘अहिलेसम्म दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन भयो, कागजात हेर्दा यादव पक्ष बलियो हो कि भन्ने देखिन्छ, बाँकी टुंगो सनाखतबाटै हुने हो, कानुनी विधि र प्रक्रिया पनि त्यही हो,’ आयोग स्रोत भन्छ ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रूपमा आधिकारिकता विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको थियो । आयोगमा जसपाको केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । त्यसमध्ये ३३ जना यादव पक्षमा रहेको दाबी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

आयोगको इजलासले गत सोमबार दुवै पक्षबाट विवाद सुरु भएयता गरिएका काम कारबाहीबारे निर्णयका सक्कल कागजात मागेको थियो । सो कागजातको अध्ययनपछि बिहीबार आयोगले दुवै पक्षका अधिवक्तालाई दुई÷दुई घण्टा समय दिएर बहस गरेको थियो । आयोगको इजलासमा हुने दुवै पक्षको बहस र सुनुवाइ बिहीबार नै टुंग्याएको जनाएको छ ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन गठन गरेको इजलास इजलासले ३ साउनबाटै जसपा विवादबारे सुनुवाइ सुरु गरेको थियो । इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा छन् । यसअघि भने आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो ।

उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा. बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो. लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. इस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रशान्त सिंह
२९ भक्तबहादुर शाह
३० सुशीला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव ३३ गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्ष
१ं महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरतसिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ मनीषकुमार सुमन
१२ राजकुमार लेखी
१३ केशवकुमार झा
१४ अकवाल अहमद शाह
१५ दानबहादुर विश्वकर्मा
१६ निर्जला राउत
१७ सुनिलकुमार झा

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

जेलमा
रेशमलाल चौधर

तपाइको प्रतिक्रिया

(Visited 44 times, 1 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

साताका लोकप्रिय समाचार

पत्रकारमाथी हातपातकाे घटनामा मिडिया एलायन्सकाे आपत्ति

  काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार माथी प्रहरीले दुर्व्यवहार गरेकाे छ । एभिन्यूज खबरकर्मी शितल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्यवहार गर्दै हातपात गरेको...

काे हुन्, साइनिङ पथ आन्दोलनका नेता गोन्जालो

लिमा । पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा...

इन्डोप्यासिफिक रणनीति र एमसीसी : नेपाललाई चुनौती

  यतिबेला नेपालमा इन्डोप्यासिफिक रणनीति र एमसीसी सम्झौताको विषयलाई लिएर बहस, विवाद र आन्दोलन भइरहेको छ । नेपाल शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हो ।...

पछिल्लो २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४०...

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

  काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन...

ट्रेन्डिङ

कञ्चनपुरमा महिला बेपत्ता, साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार...

तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)