Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारराजनीतिक ध्रुवीकरणको प्रभाव

राजनीतिक ध्रुवीकरणको प्रभाव

राजधानी समाचारदाता,
sharethis

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि साना पार्टीसम्म विस्तार भएर जाने देखिन्छ । तथापि, आजकै दिनमा स्पष्ट धु्रवीकरण भने अझैं देखिएको छैन । तर, यसको अर्थ नेपालको राजनीति ध्रुवीकरणतिर अगाडि बढेको छैन भन्ने हुँदैन । बरु, धु्रवीकरणको स्वरूप र आकार क्रमशः विस्तार हुने क्रममा देखिन्छ । झट्ट हेर्दा अपत्यारिलो लाग्नेजस्तो भान परे पनि अबको राजनीति ध्रुवीकरणकै प्रक्रियामा सोझिएको छ । नेपालको राजनीतिक इतिहास, वर्तमान र भविष्यलाई हेर्दा देशको राजनीति मूलतः दुई खेमामा विभक्त हुँदै आएको छ । मूलतः यी दुई धार वामपन्थी खेमा र प्रजातन्त्रवादी खेमामा प्रकट हुने गरेका छन् । अबको ध्रुवीकरण पनि त्योभन्दा भिन्न त हुनेछैन । तर, सुरुमै स्पष्ट रूपमा वाम र प्रजातन्त्रवादी हुन सकेको भने देखिँदैन । कतै, वामपन्थीले प्रजातन्त्रवादीलाई सघाएको देखिन्छ भने कतै प्रजातन्त्रवादीले वामपन्थीलाई सघाएको देखिन्छ । यसरी एकले अर्कालाई सघाउँदा धार र धु्रव वा कित्ताबन्दी भयो नै भन्ने अवस्था त हुँदैन । तर, नेतृत्व कसको भइरहेको छ भन्ने कुरा निर्णायक हुन्छ ।

वामपन्थीहरूले सहयोग गरेको प्रजातन्त्रवादीहरूको सरकार रहे पनि त्यो नेतृत्व र धारका हिसाबले प्रजातन्त्रवादीहरूकै हुन्छ । यदि, प्रजातन्त्रवादीहरूले वामपन्थीलाई सघाए भने पनि यो मूलतः वामपन्थीकै नेतृत्व वा धार मानिन्छ । अहिले नेपालमा वामपन्थी तथा प्रजातन्त्रवादीहरू एकअर्कामा हातेमालो त गरेर अघि बढिरहेका छैनन् । तथापि, एकको सहयोगबिना अर्को अघि बढेर जान सक्ने स्थिति छैन । यस्तो बेलाको धार र ध्रुवीकरण स्पष्ट रूपमा वामपन्थी वा प्रजातन्त्रवादी भनेर त देखिँदैन । तर, पनि नेपालको राजनीतिमा कित्ताबन्दी मात्र होइन कित्ता फेर्ने प्रवृत्तिले गर्दा नै कुन धार र ध्रुव सशक्त हुँदै जान्छ भन्ने कुरा तत्कालीन राजनीतिक कारणमा भर पर्ने गर्छ । २००७ सालमा प्रजातन्त्रको पक्षमा देखिएका नेपाली कांग्रेसका वरिष्ठ नेताहरू समेत १७ सालपछि पञ्चायतमा प्रवेश गरेका थिए । र, पञ्चायतको अन्त्यसँगै पञ्चहरू कांग्रेसमा प्रवेश गरेका थिए । पञ्च र कांग्रेसहरूको सीमाभन्दा वामपन्थी र प्रजातन्त्रवादीको सीमा नेपालको राजनीतिमा धेरै मसिनो छ । यसले वाम र प्रजातन्त्रवादीबीच सीमा निकै सानो रहेको देखाउँछ । पार्टी प्रवेशका हिसाबले एउटा खेमाका ठूला नेताहरू अर्को खेमामा प्रवेश गरेका त देखिँदैनन् । तर, सरकार बनाउँदा र सरकार ढाल्दा होस् वा चुनावी गठबन्धन होस् वाम र प्रजातन्त्रवादी एउटै खेमा वा गठबन्धन बनाएर अघि बढ्दै आएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

त्यसैले नेपालको राजनीतिमा स्पष्ट ध्रुवीकरण नदेखिएला तर पनि ध्रुवीकरणको प्रयास भने हरसमय चलिरहेको देखिन्छ । त्यसो त प्रजातन्त्रवादी मात्र अटाउने संसदीय व्यवस्थामा वामपन्थी शक्तिहरू पनि संसदीय अभ्यासमा अभ्यस्त हुँदै आइरहेका छन् । भनाइका हिसाबले वामपन्थीहरूले समाजवादको नारा दिइरहने गरे पनि व्यवहार तहः अभ्यास भने संसदीय नै रहने गरेको छ । आन्तरिक राजनीतिको अन्तरसम्बन्ध र अन्तरविरोध देशकै होला तर बाह्य शक्ति केन्द्रहरूका कारण नेपालको राजनीतिक ध्रुवीकरण सधैं तनावपूर्ण रहने गरेको छ । फलतः यसले समाजमा समस्या निम्त्याउने गरिरहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 34 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

आजको समाचार

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

साताका लोकप्रिय समाचार

सरकार विस्तारमा अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका...

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक

  काठमाडौ । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना...

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

  गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा...

निजगढको तारा इन होटलबाट जाली नोटका गिरोह प्रहरीको फन्दामा

बारा । निजगढ नगरपालिकाको वडा नम्वर ८ स्थित तारा ईन होटलमा शनिवार एसटिएफले छापा हानेको थियो । करिव १० घण्टा भन्दा बढि समयमा प्रहरीले...

कक्षा १२ को परीक्षा आजबाट, ३ लाख ७४ हजार परिक्षार्थी सहभागी

  काठमाडौं । कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको...

ट्रेन्डिङ

पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको साँढे तीन लाख सहयोग

काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग उनकी छोरी सुस्मीता बाँनियालाई हस्तान्तरण गरिएको छ ।...

जडीबुटीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । जडीबुटीमा मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुर जाँदै गरेको मालवाहक ट्रकले केही बेर अगाडी जडिबुटीमा एक पैदलयात्रीलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)