Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशसडकमै धान रोपाई गरेर विरोध

सडकमै धान रोपाई गरेर विरोध

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान रोपेर बिरोध जनाएका छन् ।

निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धूलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पुलगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम र सडकमै धान रोपेर विरोध जनाएका हुन् ।

सडक बन्नु राम्रो कुरा हो तर, निर्माण कार्यमा ढिलाइ तथा पत्थरगाढादेखि मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याइरहेको छ, तर कसैको ध्यान पुग्न सकेको छैन्, स्थानीयवासी अशोक साहले भने, ‘सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक विरोधस्वरूप सडकमै धान रोपेका हौं ।’
वर्षायाममा हिलैहिलो र सुख्खायाममा धुलैधुलोबाट आजित भई दबाब दिन यसरी विरोधमा उत्रनुपरेको अर्का स्थानीयवासी रामनारायण यादवले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेकाले दिनहुँ दुर्घटनासँगै आवतजावतमा समेत समस्या भएकाले अविलम्ब यसतर्फ स्थानीय प्रशासनले आवश्यक कदम उठाउनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया

(Visited 60 times, 1 visits today)

आजको समाचार

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

साताका लोकप्रिय समाचार

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित...

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत...

कागजात पूरा गर्नेले मात्रै पाउँछन कृषि अनुदान

इलाम । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ? यो प्रश्न हो जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेतको । कृषि...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

ट्रेन्डिङ

टेली शृंखलामा निर्देशक ऋषिको दबदबा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेली शृंखला ‘परिचय’को प्रभाव जारी छ । सबैभन्दा लामो सिरियलको उपाधि पाएको ‘परिचय’ आमसर्वसाधारका लागि आफ्नो घरको कथा बन्यो...

बाँँकेको आईसोलेशन वार्डमा उपचारका लागि भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा निधन भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)