काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठक’bout तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्ने वचन दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)