Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missedशिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

एजेन्सी,
sharethis

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा चार दिनअघि मुम्बईमा पक्राउ गरेको हो । पक्राउ पछि कुन्द्राको कार्यालय र उनका सहायकको कार्यालयमा अनुसन्धान गर्दा ७० अश्लील सिनेमा भेटिएको प्रहरीले जनाएको छ ।

मुम्बई प्रहरीले राज कुन्द्राका सहायक उमेश कामतलाई पनि पक्राउ गरेर अनुसन्धानमा राखेको छ । उमेशको बयानका आधारमा प्रहरीले अनुसन्धान गर्दा ७० वटा पोर्न फिल्म भेटिएको मुम्बई प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा राज कुन्द्रा र उमेश कामतले विभिन्न प्रोडक्सन कम्पनीमार्फत पोर्न फिल्म बनाएर उनीहरूले आन्तरिक रूपमा पोर्न फिल्मको व्यवसाय सञ्चालन गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

राज कुन्द्रा र उमेश कामत पक्राउ परेपछि अन्य उनीहरूमार्फत अश्लील फिल्म बनाउने अन्य प्रोडक्सन हाउसमाथि पनि प्रहरीले निगरानी राखेको छ । कुन्द्रासँग जोडिएका अन्य प्रोडक्सन हासउसँग सम्बन्धित व्यक्तिलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

प्रहरीले राज कुन्द्राको सम्पत्तिको परीक्षण सुरु गरेको छ । उनको खातामा दैनिक ठूलो मात्रामा पैसा आउने गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले राज कुन्द्रको खाता रहेको सबै बैंकसँग उनको खाताको विवरण मागेको छ ।

प्रहरीले अहिले पनि कुन्द्राबारे अनुसन्धान जारी राखेको बताएको छ । उनको पहिलो चरणको अनुसन्धान सकिएकाले अब शुक्रबार उनलाई अदालतमा प्रस्तुत गरिने मुम्बई प्रहरीले जनाएको छ ।

यता श्रीमान राज कुन्द्रालाई पक्राउ गरेर प्रहरीले हिरासतमा लिएपछि अभिनेत्री शिल्पा सेट्ठी अहिले निकै तनावमा छिन् । श्रीमानले त्यस्तो कार्य नगरेको र उनका सहयोगीले आफ्नो अपराध लुकाउन आफ्ना श्रीमान राज कुन्द्राको नाम जोडेको प्रतिक्रिया दिएकी छन् ।

अहिले पोर्न फिल्मको यो काण्डले बलिउडलाई हल्लाइदिएको छ । राम्रो फिल्म बनाउने निर्माताका रूपमा परिचित कुन्द्रा अहिले अश्लील फिल्म निर्माण प्रकरणमा पक्राउ परेपछि अन्य सिनेकर्मी यो घटनाले चकित भएका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया

(Visited 113 times, 1 visits today)

आजको समाचार

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको...

संशोधित बजेटले ६ उद्योगलाई फाइदा २४ वटा मर्कामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको संशोधित नयाँ बजेटमा सम्बन्धित सरोकारवाला एवं निजी क्षेत्रका विभिन्न संघ संस्थाले मिश्रित प्रतिक्रिया दिएका...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १...

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल,...

ट्रेन्डिङ

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २...

झलनाथका दुःख : दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कमेडी शोको दुनियाँमा आयो 'सेलिब्रेटी ज्याम अप', दर्शकले प्रत्यक्ष हेर्न पाउने
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)