Monday, September 27, 2021
Your Ads Here
HomeNot-to-be-missedचेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

एजेन्सी,
sharethis

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । चोटका कारण रियलमा कठिन २ वर्ष बिताएका ३० वर्षीय हाजार्डले गत सिजन २१ खेलमा मात्रै मौका पाएका थिए ।

हाजार्डले रियलमा दुई सिजनमा ५ गोल मात्रै गर्न सफल भएका थिए । चेल्सीमा भने उनको प्रदर्शन गज्जबको रहेको थियो । हाजार्ड २०१२ मा फ्रान्सेली क्लब लिलबाट लन्डन क्लब चेल्सीमा पुगेका थिए । हाजार्डले चेल्सीमा ७ सिजन बिताउँदा ३ सय ५२ खेलमा १ सय १० गोल गरेका छन् । स्पेनिस पत्रिका एएसका अनुसार चेल्सीले यसै समरमा हाजार्डका लागि ५१ मिलियन पाउन्ड खर्चन तयार रहेको छ । रियल पनि यो मूल्यमा हाजार्डलाई बेच्न खुसी रहेको बुझिएको छ । चेल्सीले नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने प्रयास पनि गरिरहेको छ ।

रियलमा हाजार्ड आफ्नो प्रदर्शनबाट आफैं पनि खुसी हुन नसकिरहेको अवस्थामा रियलका समर्थक, आफ्नै समर्थक पनि खुसी हुन सकेका छैनन् । रियल यसै सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि हाजार्डले आफ्नो पूर्व सहकर्मीसँग बस्दै हासेको तस्बिर खिचाएपछि समर्थक झनै रुस्ट बनेका थिए । हाजार्ड २०१९ मा रियल आएपछि पहिलोपटक स्टामफोर्ड ब्रिज पुगेका थिए । उक्त घटनापछि हाजार्डले माफीसमेत माग्नुपरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

हाजार्ड क्लबमा फर्किए चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नरले क्लब छाड्ने चेतावानी दिएका छन् । जर्मन फरवार्ड गत सिजन आरबी लाइप्जिगबाट ५३ मिलियन पाउन्डमा चेल्सी पुगेका थिए । तर, उनले चेल्सीमा आफ्नो पहिलो सिजनलाई सुखद बनाउन सकेनन् । उनले लगातार गोल गर्न चुक्दा उनको चर्काे आलोचना भएको थियो । उनले गत सिजन प्रिमियर लिगमा मात्रै ६ गोल गर्न सफल भएका थिए । थोमस टुचेलको प्रशिक्षणमा उनले च्याम्पियन्स लिग जिते पनि चेल्सीले नयाँ फरवार्ड खोजिरहँदा उनी खुसी नरहेको बताएका छन् । २५ वर्षीय हाजार्डले गत सिजन चेल्सीका लागि १२ गोल र १५ असिस्ट दिएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 33 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

साताका लोकप्रिय समाचार

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

ट्रेन्डिङ

मेला हेर्न आएकी किशोरी बलात्कारमा संलग्न पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेपछि भाग्दै आएका २८ वर्षीय विकास कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्ष अघि गढिमाई...

राष्ट्रपतिले बोलाएको बैठकमा झलनाथ, माधव र बाबुराम गएनन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । समयसामयिक विषयमा छलफलका लागि भनिएको सर्वदलीय बैठकमा माधव कुमार नेपाल, झलनाथ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)