Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

टेनिस रोका,
sharethis

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीको बस भाडा समायोजन गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

यातायात व्यवसायीले एउटै प्रदेशभित्र चल्ने बस भाडा पनि समायोजन गर्न माग गरेका हुन् । बस भाडा समयोजनको मागमा उनीहरूले बिहीबार काठमाडौंको चक्रपथमा -याली निकालेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले आफूसँग भएका सवारी साधन सडकमा उतारेर शान्तिपूर्ण -याली निकालिएको बताएका छन् । एउटै प्रदेशभित्र चल्ले सवारीको भाडा समायोजन नभएकाले चक्रपथ घेराउमा निस्किन बाध्य भएको उनको भनाइ छ ।

यातायात व्यवसायीले सरकारले आफ्ना मागको सुनुवाइ नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी समेत दिएका छन् । व्यवसायीले यसअघि विभिन्न सात बुँदे माग राख्दै यातायात व्यवस्था विभागमा धर्ना दिएका थिए ।

बस भाडा समायोजन विषयमा व्यवसायी आन्दोलित

व्यवसायीले यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको बिमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिमाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग राख्दै आएका छन् ।

यसअघि, यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

विभागले २७ असारमा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको मन्त्रीस्तरको सहमतिका आधारमा दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर २९ असारको निर्णयानुसार वृद्धि गरेको जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

विभागले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेकोमा पछिल्लो पटक त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकमा देखिएको मूल्यवृद्धिका आधारमा भाडावृद्धि गरिएको बताइएको छ ।

विभागले लामो दूरीको बस भाडा समायोजन गर्ने क्रममा विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको र भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत् राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको र २०७५ सालमा समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको जनाउँदै विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञानिक भाडादर लागू हुन नसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 45 times, 1 visits today)

आजको समाचार

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

साताका लोकप्रिय समाचार

राडुकानुलाई यूएस ओपन उपाधि

न्युयोर्क । बेलायती किशोरी इमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीया राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला...

प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख...

प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र...

पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारविरुद्ध कुनै काम कारबाही नगर्न निर्वाचन आयोगको नाममा...

ट्रेन्डिङ

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

चाबहिल चोकका खाल्टा खुल्टी (फोटोफिचर)

काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)