गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ ।

मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका सांसद गरी ६ जना मन्त्री थपेका हुन् । यसअघि गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त पोखरेलले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

शुक्रबार मन्त्रीको शपथ लिनेहरुमा माओवादी केन्द्र र काँग्रेसका ३÷३ छन् । माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक थापाले शपथ लिए ।

यस्तै, काँग्रेसबाट कास्कीका बिन्दुकुमार थापा कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने स्याङ्जाका मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीको शपथ लिए । बागलुङका मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने ।

यसअघि माओवादीबाट मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । माओवादीबाट जिल्लागत रुपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् ।

कांग्रेसबाट यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ । कास्की जिल्ला निवासी उनी सरकारका प्रवक्ता समेत हुन् ।

पूर्व सहमति अनुसार जसपाले २ मन्त्रालय पाउने भनिए पनि जसपाका हरिशरण आचार्यमात्रै मन्त्री बनेका छन् । यसअघि नै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिएका उनी शुक्रबारको शपथ समारोहमा भने आएनन् । जसपाले थप १ मन्त्रालय माग गरेको छ । यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) युवा तथा खेलकुद मन्त्री छन् ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य