दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

 

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई पिसिआर र तीन हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नै १८ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । २४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा पाँच हजार ७८२, ललितपुर एक हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म देशभरमा गरी ३५ लाख १७ हजार ८८९ जनाको पिसिआर र दुई लाख ८२ हजार १७९ को एन्टीजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ छ लाख ७६ हजार ७०८ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ३९ हजार ३६८ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म नौ हजार ६७९ को मृत्यु भएको छ ।

कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ४९ ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख १२ हजार १२ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौंको कुन-कुन ठाउँमा लाग्यो कर्फ्यू ? (विज्ञप्तीसहित)

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि