Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksजाने हैन, रुवीभ्याली

जाने हैन, रुवीभ्याली

केबी मसाल,
sharethis

केबी मसाल

घुमफिरका लागि धेरैजसो सुविधाजनक ठाउँ छनोट गर्छन् । धेरैको बुझाई हिमाल आरोहण, पदयात्रा वाह्य पर्यटकले मात्र गर्ने होला भन्ने पनि छ । आजभोलि हिमालीकाखमा रहेका उपत्यका घुमफिर गर्ने नेपाली पनि बढ्दै छ ।

बाग्मती प्रदेश धादिङ उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पर्यटक भू–स्वर्ग मान्छन् । गणेश हिमालको काखमा रहेको रुवीभ्याली क्षेत्र बहुमूल्य पत्थर रुवी, क्वार्टज, दुर्लभ कस्तुरी, रेडपाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्डलगायत प्राकृतिक सम्पदा रहेको गन्तव्य हो ।

काल्पनिक स्वर्ग पुग्न कठिन छ । तर, भौतिक आनन्द जसबाट मिल्छ, त्यसलाई नै वास्तविक स्वर्ग अनुभूति हो । रुवीभ्याली यस्तै बनाउने ठाउँमध्य हो । यहाँ पुग्ने जो कोही पर्यटक मन लोभिन्छन् । रुवीभ्याली घुमफिर गर्दाको अनुभूति छुट्टै हुन्छ । नयाँ ठाउँ जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा पर्यटक उत्साहित र खुुसी हुन्छन् ।

रुवीभ्याली उत्तरी धादिङको गाउँपालिका हो । बहुमुल्य रुवी पत्थर पाइने स्थान भएकाले साबिकको लापा, सेर्तुङ र तिप्लिङ समेटेर रुवीभ्याली गाउँपालिका भएको हो । यहाँ विश्वमै दुर्लभ बहुमुल्य खनिज रुवी प्रशस्त पाइन्छन् । विश्वको हरेक ठाउँमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने रुवीभ्यालीको जस्तो अन्यत्र पाइँदैन । रुवीभ्याली पाविल र गाणेश हिमालको काखमा पर्दछ ।

लेकाली खर्क, कञ्चन खोलानाला, त्रिभूज आकारका टाकुरा अर्थात् भू–बनोट साहसिक पदयात्राका लागि रमणीय मानिन्छ । रुवीभ्याली उत्तरी सिमाना चीन, पश्चिम गंगाजमुना गाउँपालिका, दक्षिण खनियाँबास गाउँपालिका, पूर्व किस्ताङ नुवाकोट तथा पार्वतकुण्ड रसुवाको बीच भू—भागमा पर्दछ ।

शिरमा गणेश हिमाल, भीमकाय चट्टाने पहाड र काखमा समतल लेकाली खर्कको अनुपम संयोजनले यो भूगोललाई भू–स्वर्ग बनाएको छ । हिमाली सौन्दर्य पृष्ठभूमिमा राखेर रुवीभ्यालीले दुर्लभ वन्यजन्तुलाई आश्रय दिएको छ । सदाबहार चिसो मौसम रहने रुवीभ्याली प्राकृतिक सम्पदा हो ।

रुवीभ्यालीमा हिमाली सौन्दर्य नजिकबाट नियाल्दै पदयात्रामा रमाउन पर्यटकमात्र होइन, आजभोलि आन्तरिक पर्यटकसमेत जान थालेका छन् । रुवीभ्याली भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटन प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो ।

रुवीभ्याली जाँदा हिमाली दृश्य साक्षात्कार गर्दै लेकाली भन्ज्याङ छिचोल्नुको छुट्टै आनन्द हुन्छ । पर्यटकका लागि रुवीभ्यालीको सबैभन्दा आकर्षक ठाउँ हो, पाङसाङ पास । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाईमा रहेको पाङसाङ पासबाट मनोरम हिमशृंखला, सुन्दर पहाडी प्राकृतिक छटा पर्यटकले अवलोकन गर्न सक्दछन् ।

मौसम सफा हुँदा रुवीभ्यालीको पाङसाङबाट काठमाडौं उपत्यकासमेत दृश्यावलोकन गर्न सकिन्छ । रुवीभ्याली जाने पर्यटकका लागि जैविक विविधता, प्राकृतिक सौन्दर्यता, हिमाली ताल तलैया अवलोकन गर्न पाउँदा पर्यटक रमाउँछन् । रुवीभ्यालीको मनमोहक गाउँ र विभिन्न जनजातिको संस्कृति थप अध्ययनको स्रोत बन्न सक्छ ।

रुवीभ्यालीमा पर्यटकका लागि अर्को आकर्षण केन्द्रबिन्दु गणेश हिमाल नुवाकोट, धादिङ र गोरखा गरी तीन जिल्लामा फैलिएको छ । गणेश हिमाल नेपाल र तिब्बतबीचको प्राकृतिक सिमाना पनि हो ।

गणेश हिमाल नामाकरण हिन्दु देवता गणेशको नाममा गरिएको हो । काठमाडौंबाट मौसम खुल्ला हुँदा देखिने र सबैभन्दा नजिकका हिमशृंखला लाङटाङ र गणेश हिमाल हुन् । बूढीगण्डकीले बनाएको खोँचले मनास्लुभन्दा पूर्व धादिङ र गोरखाबीच चीनसँगको सिमानामा गणेश हिमाल पर्दछ । गणेश पाबिल हिमालको एउटा मोहडा हेर्दा गणेशको सूँडजस्तो देखिन्छ । गणेश हिमालभन्दा पूर्वपट्टि काठमाडौं ठीक उत्तरमा लाङटाङ हिमशृंखला पर्दछ ।

चीनको सिमानानजिक रसुवा जिल्लामा पर्ने लाङटाङ र गणेश हिमाल खोँचमा त्रिशूली नदी बग्दछ । यही खोँचबाट नेपाल–चीन रेलमार्ग प्रस्तावित छ । हाल, मोटरबाटो हुँदै धुञ्चेबाट चीनको केरुङ पुग्न सकिन्छ । पश्चिममा मानसरोवरजस्तै केरुङनजिक पाइको–त्सो भन्ने ठूलो ताल छ । लाङटाङ क्षेत्रमा दक्षिणपट्टि गोसाइँकुण्ड ताल र उत्तरपट्टि क्यान्जिङ गुम्बा छन् । क्यान्जिङसहित त्रिशूली र गोसाइँकुण्ड तीर्थाटनका लागि पवित्र स्थान हुन् ।

रुवीभ्याली पुगेपछि पर्यटकले प्राकृतिक सम्पदाका रुपमा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबारजस्ता सम्पदा अवलोकन गर्न सक्दछन् । तर, ती ठाउँ जाँदा पैदल यात्रा गर्नु पर्दछ ।

अर्कोतर्फ पर्यटकले रुवीभ्यालीमा ग्रामीण जीवनशैली, तामाङ संस्कृति र परम्परा अध्ययन अवलोकन गर्न सक्दछन् । रुवीभ्याली घुमफिरका लागि सबैभन्दा उपयुक्त समय चैत–वैशाखमा हो । किनकि १५–२० मंसिरबाट पाङसाङ पासवरपर हिउँ पर्न थाल्छ । चैत–वैशागमा पाङसाङ क्षेत्रमा विभिन्न प्रजातिका फुल र भेडीगोठ हुन्छन् । हिउँमा हिँड्न मन हुनेका लागि माघ अन्तिमतिर जाँदा उपयुक्त हुन्छ । पुस र माघमा निरन्तर हिउँ परिरहने हुनाले अलि समस्या हुन सक्छ । पाङसाङ पासबाट करिब २ देखि ३ घण्टा पैदलपछि अर्को भ्युटावर पुग्न सकिन्छ, जहाँबाट लाङटाङ, गणेशजस्ता हिमालको दृृश्यपान हुन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

रुवीभ्यालीमा ५ सय वर्ष पुराना बौद्ध गुम्बा ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिर छन् । गाउँमा चाडपर्वका बेला मेन्हदोमाया लोकसंस्कृति, झाँक्री, लामा, घोडाजस्ता परम्परागत नाच आकर्षणका केन्द्रविन्दु हुन् ।

अझै रोचक त पर्यटकले पदमार्गवरपरका नारचेत, पासावरपरका दर्जनौं गोठमा रहेका सयौं याक तथा चौंरी अवलोकन गर्न पाउँछन् । पदयात्रा गर्दा पर्यटकले चौंरीको दुधबाट उत्पादित शुद्ध खाद्य पदार्थ खान र किन्न पनि सक्दछन् । पदमार्गमा चौंरी गोठमात्र होइन, परम्परागत भेडीगोठ पनि अवलोकन गर्न पाइन्छ । रुवीभ्याली पुग्दा रुचिअनुसार समय लम्ब्याउनसके भने पर्वतीय, सांस्कृतिक, धार्मिक तथा पर्या पर्यटनसमेत गर्न सक्दछन् ।

रुवीभ्यालीमा प्रायजसो गाउँबस्ती एकदमै बाक्लो र सुन्दर छन् । प्रत्येक गाउँमा १ सयदेखि ६ सय ५० वटासम्म घर छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङजस्ता गाउँ धेरै घरधुरी रहेको गाउँ हुन् । रुवीभ्यालीका अधिकांश वस्तीमा तामाङ र गुरुङ समुदायको बाहुल्यता छ ।

रुवीभ्यालीमा मनोरम बस्ती, खोलानाला, नदी, सबैभन्दा सानो गुराँस सुनपातेसहित १४ थरीका लालीगुराँसका जंगल जैविक विविधतालगायत पर्यटक आकर्षण गर्ने सबै प्राकृतिक दृश्य रहेको छ । रुवीभ्याली जाँदा आफ्नो लागि आवश्यक लजिस्टिक सामान टेन्ट–स्लिपिङ ब्यागुसहित जाँदा राम्रो हुन्छ । किनभने सबै ठाउँमा खाना बस्न नपाउन सकिन्छ ।

गाउँमा पेइङ गेस्टका रुपमा भने खानाबस्न पाइन्छ । तर आजभोलि केही गाउँमा होमस्टे सञ्चालनमा छन् । रुवीभ्यालीको तिप्लिङको तातोपानी मुहान र सेर्तुङ तातोपानीका मुहान नेपालकै ठूला कुण्डमा पर्दछन् । जहाँ १० मिनेटमै अण्डा पाक्ने गर्दछ । रुवीभ्यालीको सबै गाउँ र बस्तीमा घुमफिर गर्न चाहने पर्यटकले ७ देखि १० दिनको प्याकेज बनाएर पैदलयात्रा गर्दा धेरै कुराको जानकारी लिन सकिन्छ ।

हिमाली सौन्दर्य अवलोकन गर्नका लागि नेपालमा धेरै पदमार्ग छन् । जुन साहसिक पदयात्राका लागि विश्वमै नाम कहलिएका छन् । उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा हिमतालको लोभलाग्दो दृश्य, गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, हिमाली जीवजन्तु नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव पर्यटकले बटुल्न सक्दछन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

अहिले नेपालमा ३५ पदमार्ग चलनचल्तीमा छन् । तीमध्ये पर्यटकको बढी रोजाइमा पर्ने अन्नपूर्ण पदमार्ग र सगरमाथा बेस क्याम्प हुन् । तर, पछिल्लो समय धादिङ रुवीभ्याली पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

रुवीभ्यालीमा कच्ची भए पनि सडक सुविधा भएपछि आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन् । अहिले रुवीभ्याली जान नुवाकोट हुँदै रसुवा बेत्रावती, मैलुङ, स्याफ्रुवेसी, सोमदाङ अर्थात् गणेश हिमाल फेदी भएर पाङसाङ पाससम्म सडक मार्गबाट पुग्न सकिन्छ । रुवीभ्यालीको पाङसाङ पास सहरी भीडभाड र कोकाहलबाट केही दिनका लागि भने पनि मन शान्त पार्न पुग्नै पर्ने रमणीय ठाउँ हो ।

रुवीभ्याली जान धादिङबसी र गोरखा आरुघाटबाट पनि जान सकिन्छ । धादिङबेसीबाट १० घण्टा गाडीयात्रा र तीन घण्टा पैदल यात्रा गरेर बोराङ हुँदै पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँ पुगिन्छ । ग्रामीण जीवनशैली, तामाङ संस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ । रुवीभ्याली क्षेत्रमा तमाङ जाति शताब्दिऔंदेखि बसोबस गर्दै आएको समुदाय हो । तमाङ जातिको पुख्र्यौली एवं सामाजिक संस्कार छ ।

रुवीभ्यालीमा होमस्टेमा पर्यटकलाई परम्परागत खाना कोदोको ढिँडो, लोकल कुखुराको मासु, फापरको परिकार, मस्याङको दाल, वन तरुल, सिस्नुको खोले, च्याउको परिकार खुवाइन्छ । गाउँमा आएका पाहुनालाई तामाङ संस्कृतिको तामाङसेलो, डम्फू नाच, म्हेन्दो माया नाच, मने नाच, तम्बा नाचबाट मनोरञ्जन दिने गर्दछन् ।

रुवीभ्याली घुमफिरले तमाङ र गुरुङ जातिको संस्कृति, रितिरिवाज, परम्परा, रहनसहन र जीवनशैली अध्ययन हुन्छ । अर्कोतर्फ रुवीभ्यालीमा भएका ऐतिहासिक पुरातात्विक एवं धार्मिकस्थल अध्ययन अनुसन्धान गर्न सकिन्छ । नयाँ ठाउँमा जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा पर्यटक उत्साहित र खुसी हुन्छन् । रुवीभ्यालीमा पदयात्राका लागि वसन्त ऋतुमा राम्रो हुन्छ । किनकि यो ऋतुमा न गर्मी न चिसो नै । यो मौसम यात्राका लागि निकै राम्रो हुन्छ । यही बेला लालीगुराँस फुल्ने भएकाले पदमार्गमा पर्ने जंगल निकै मनमोहक देखिन्छ ।

रुवीभ्याली यात्रामा प्राथमिक उपचारका सामग्री एवं औषधी साथमा बोक्नु पर्दछ । सकेसम्म यात्रामा गाइड वा समूहमा निस्कँदा राम्रो । हिमाली भेग यात्रा गर्दा कसैलाई लेक लाग्न सक्छ । कतिपयलाई हाइअल्टिच्यूडमा पुग्दा टाउको दुख्ने, खान मन नलाग्ने, बान्ता हुने सामान्य लक्षण देखिन सक्छन् । त्यसैले विस्तारै आराम गर्दै यात्रा गर्नुपर्छ ।

रुवीभ्याली जाँदा ट्रेकिङ बुट, मोजा ३–४ जोर, डाउनज्याकेट स्वीटर वा विन्डसिटर, उनको सर्ट, हाफ पाइन्ट, पाइन्ट, टिसर्ट, चप्पल, छाता वा रेनकोट, सन क्याप, रुकस्याक झोला, स्लिपिङ ब्याग, वाटर बोत्तल, सनस्क्रिन क्रिम, टर्च, पञ्जा, क्यामेरा, सनग्लास साथमा लैजान अति उत्तम हुन्छ ।

तपाइको प्रतिक्रिया

(Visited 476 times, 1 visits today)

आजको समाचार

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल

  काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब गरे मान्य नहुने बताएका छन् । उनले...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

ट्रेन्डिङ

सल्यानमा जिप पल्टिदा तीनजनाको मृत्यु

दाङ ।  सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,...

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य

काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)