काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा नअस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव आज बिहान वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा काठमाडौं ल्याइएका सबै शव आजै आफन्तको जिम्मा लगाइएको छ । आज क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । त्यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको छ ।
सबैभन्दा बढी नेपाली कामदारहरु वैदेशिक रोजगारीका क्रममा रहेको मुलुक मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।
तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)