एक दशकपछि विकट वस्तीमा आँगनमै पानीको धारा

मुगु । मुगु जिल्लाको विकट वस्ती सोरुगाउँ पालिका वडा नं ८ आसीधारा गाउँका २८ घरमा एक दशकपछि घरमा खाने पानीका धारा जोडिएको छ ।

२०६४ साल भन्दा अगाडी देखी गाउँमा एक मात्र धारा थियो । उक्त धाराको पनि पाइप बिग्रिएपछि आधा घण्टा हिँडेर खानेपानी लिन जान वाध्य थिए गाउँलेहरु । गाउँमा भएको परम्परागत धाराको मुहान सुकेपछि १२ बर्षदेखी टाढाबाट खाने पानी ल्याउन वाध्य गाउँलेहरु अहिले मख्ख छन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम क्यापस कणाली परियोजनाको आर्थिक सहयोगमा घरघरमा धारा उपलव्ध भएपछि स्थानिय खुसी छन् ।

सहयोगका लागि विभिन्न निकाय र संघ सस्थामा धाए पनि पानी खाने सपना पुरा नभएपछि निरास भएका गाउँका स्थानिय अहिले भने स्वच्छ पानी पिउन पाउने भएका छन् ।

२८ घरधुरीलाई एक घर एक धारा ल्याउन २ किमी टाढावाट २४ लाख ६५ हजार बजेट विनियोजन गरि घरैपिच्छे धारा उपलव्ध गराएको हो ।

स्थानिय.सिता रोकाया भन्छिन् ‘गाँउमा रहेको पुरानो मुल सुकेपछि ६४ सालदेखी आधा घन्टा पर रहेको नाउलो(कुवा)बाट पानीको प्यास मेटाउदै आएका थियौ ।’ कुवा सानो भएकाले गाँउलेहरु पालो कुरेर पानी भर्न वाध्य थिए । उनको भनाई अनुसार धारो बनाइदिन प-यो भन्दै गाउँ विकास समिती, जिविस, एनजिओ सबैलाई गुहारे पनि आश्वासन बाहेक केही नपाएको उनको भनाई छ ।

गाँउमा धारा नहँुदा गाउँले कुवौ पानी खान विवस थिए सबैको एउटै कुवा प्रयोग गर्दा पानी प्रदुषित हुनुको साथै रुघा, खोकी, झाडा पखाला जस्ता समस्या पनि हुने गरेको थियो ।

क्यापस परीयाजनाले आफुहरुको धाराको पानीखाने सपना पुरा गरिएकोमा स्थानीय सहयोगी सबैलाई धन्यबाद दिन चाहन्छन् । अर्का स्थानिय प्रेम वहादुर रोकायाका अनुसार संगैका अन्य छिमेकी गाँउमा खानेपानीका धाारा भएपनि आफुहरुले कुवाकै पानी खानु पर्दा दुःख लागेको बताउछन् ।

१० वर्ष पछि घरकै आगनमा खानेपानीका धारा बनेपछि गाँउलेहरुको मुहारमा खुशी छाएको छ । गाँउले मात्र होईन गाँउमै रहेको विद्यालयमा पनी पानीको धारा उपलब्ध हुँदा विद्यार्थीलाई पनि सहज भएको छ ।

कूल २४ लाख ६५ हजार हजार सातसय अनुदान– निमार्ण भएको यस खानेपानी आयोजनाबाट २८ घरधुरीका २ सय ९० परिवार लाभान्वित भएका छन ।

 

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित