माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

 

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि तेस्रोे युनिट प्रणालीमा जोडिएसँगै आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो ।

तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । उनले भने, ‘यस अघि सञ्चालनमा आएका दुईवटा युनिटमा हालसम्म कुनै समस्या नआई निर्बाध रूपमा चलिरहेका छन् । बाँकी तीनवटा युनिट क्रमशः हरेक १५ दिनमा थप हुँदै जानेछन् ।’ शुक्रबार रातिदेखि तेस्रो युनिट टेस्टिङमा राखेका छांै, अबको तिन दिनमा तेस्रो युनिटबाट पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । आयोजना प्रमुख श्रेष्ठले साउनभित्र चारवटै युनिट र भदौमा बाँकी दुईवटा युनिट पनि सञ्चालनमा ल्याइसक्ने बताए । हरेक युनिटको क्षमता ७६ मेगावाट रहेको आयोजनाको पहिलो युनिटबाट गत २१ असार (सोमबार) र दोस्रो युनिटबाट २९ असारमा उत्पादन सुरु गरिएको थियो ।

स्वदेशी लगानीमा निर्माण भएको देशकै ठूलो आयोजनाबाट शुक्रबार रातिदेखि २ सय २८ मेगावाट बिजुली उत्पादन सुरु भएको हो । साउन पहिलो हप्ता भित्रै तेस्रो युनिट सञ्चालन गर्ने योजनाअनुसार नै थप ७६ मेगावाट विद्युत् प्रणालीमा जोडेको आयोजनाले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन पु-याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००÷२२०÷१३२ केभी सबस्टेसनमा पु¥याइएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको छ । निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिब ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब ८५ अर्ब रुपैयाँ लागत पुगिसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट सुख्खायाममा दैनिक कम्तीमा चार घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । अन्य समयमा विद्युत् उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जनाएको छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । २०६८ मा निर्माण सुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ । सुरु भएको करिब ११ वर्ष पछि विद्युत् उत्पादन सुरु गरेको आयोजनाले भूकम्प नाकाबन्दी कोरानालगायतका प्रात्रृmतिक प्रकोपको सामना गर्दै यहाँसम्म आइपुगेको हो ।

आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा अत्मनिर्भर हुने अनुमान छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज