खोप अभियान : सार्क राष्ट्रमा नेपालको अवस्था सन्तोषजनक

 

काठमाडौं । कोरोना महामारी प्रभावित देशमा कोरोनाविरुद्ध खोप अभियान जारी रहेकै बेला सार्क राष्ट्रभित्र खोप लगाउने सूचीमा नेपालको अवस्था सन्तोषजनक पाइएको छ । सार्क राष्ट्रमा औसत ९.४५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार १३ लाख ६६ हजार ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ । हालसम्म नेपालभर ६ दशमलव २७ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

कोरोना खोप रेकर्ड राख्दै आएको आवर वल्र्ड इन डाटाका अनुसार सार्क राष्ट्रअन्तर्गत माल्दिभ्समा ६ साउनसम्म औसत ४८ दशमलव १५ प्रतिशत, श्रीलंकामा ८ दशमलव ११ प्रतिशत, भारतमा ६ दशमलव ६० प्रतिशत, पाकिस्तानमा ६ साउनसम्म ३ दशमलव ११ प्रतिशत, बंगलादेशमा ७ साउनसम्म २ दशमलव ६० प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
अफगानिस्तानमा २७ असारसम्म औसतमा शून्य दशमलव ५६ प्रतिशत र भुटानमा २८ असारसम्म शून्य दशमलव २० प्रतिशत नागरिकले पूर्ण खोप लगाएको आवर वल्र्ड इन डाटाको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा १३ लाख ६६ हजार ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसअन्तर्गत ४ लाख ६० हजार ३ सय ८ जनाले कोभिसिल्ड र ६ लाख ९४ हजार ५ सय ६० जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै, २ लाख ११ हजार १ सय ७८ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । सो खोप एक मात्रा लगाए पुग्छ ।
हालसम्म नेपालमा ३३ लाख ७७ हजार २ सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । मन्त्रालयका अनुसार १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र १५ लाख ४८ हजार ७ सय ४४ जनाले भेरोसिल पहिलो मात्रा लगाएका छन् ।

नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट ७३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप प्राप्त भएको छ । जसअन्तर्गत २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड, ३४ लाख मात्रा भेरोसिल र १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्राप्त भएको हो ।

त्यस्तै, काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि ५० वर्ष वा सोभन्दा मुनिका (१८ वर्षसम्मका) नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोना खोप लगाउन पाउनेछन् ।

यसैबीच, शनिबार देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३५ जनाको पीसीआर र ४ हजार २ सय ८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

देशभर कुल संक्रमित संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । शनिबार २ हजार १ सय ९७ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ ।

शनिबार देशभर १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
मतदान गर्न युवा पुस्ता उत्साहित