Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksसत्ता गठबन्धनको निष्कर्ष मन्त्रिपरिषदमा पाँचै दल

सत्ता गठबन्धनको निष्कर्ष मन्त्रिपरिषदमा पाँचै दल

छिटो गरौं : प्रधानमन्त्री

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । पाँच दलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा गठबन्धनमा आबद्ध सबै दल सहभागी हुने निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धन बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पनि सहभागी भए । यसअघि, देउवा प्रधानमन्त्री बनेपछि सिंहदरबारमा भएको गठबन्धन बैठकमा उनी सहभागी भएका थिएनन् ।

पाँच दलीय सत्ता गठवन्धनमा कांग्रेससहित, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

बैठकमा निर्वाचन आयोगमा आफ्नो दलको आधिकारिकता विवाद छिनोफानोक्रममा रहेको भन्दै जसपा अध्यक्ष यादवले मन्त्रिपरिषद्मा जाने विषयमा केही दिन अझै समय लाग्ने बताएका छन् ।

त्यस्तै, एमाले वरिष्ठ नेता नेपाललाई पनि सरकारमा सहभागिताका लागि प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् । ‘सरकारमा गठबन्धन आबद्ध सबै दललाई सहभागी गराउने विषयमा छलफल भयो, प्रधानमन्त्रीको इच्छा पनि गठबन्धनमा आबद्ध दल सरकारमा सहभागी होऔं भन्ने थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘यसका लागि सहज वातावरण बनाउने विषयमा नेताहरू सहमत हुनुहुन्छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

तर, नेता नेपालले भने सरकारमा सहभागिताका लागि सकरात्मक रहे पनि आन्तरिक छलफल गरेर निर्णय लिने बताएका छन् । बैठकमा उनले ‘कसरी र कुन प्रक्रियाबाट सरकारमा सहभागी हुने ?’ भन्ने विषयमा पनि छलफल गर्ने अवगत गराएका छन् ।

प्रधानमन्त्री देउवाले सबै पक्षलाई सरकारमा सहभागी गराएर अघि बढ्न आफू तयार रहेको बताए । सरकार विस्तार गर्न ढिला भएको भन्दै छिटो गरी निर्णय दिन नेतालाई उनले आग्रह गरेका छन् ।

बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने मन्त्री बन्न नेता व्यवस्थापन गर्नै सकस परेको सुनाए ।

प्रधानमन्त्री देउवा बैठकमा यसअघिभन्दा फरक ढंगबाट प्रस्तुत भए । उनी प्रधानमन्त्रीका लागि राखिएको कुर्सीमा नबसी अन्य नेता बसेकै शैलीमा सोफामा बसेका थिए ।

बैठकमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । यसअघि गठबन्धनबाट सरकारमा सहभागिताका लागि सहजीकरण गर्न खड्काकै संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलमा कांग्रेस, माओवादी केन्द्र, जसपाबाट दुईदुई सदस्य तोकिएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 135 times, 1 visits today)

आजको समाचार

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

साताका लोकप्रिय समाचार

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

माधव नेपालका बालाई प्रबल, प्रचण्डकी श्रीमतीलाई प्रसिद्ध जनसेवाश्री

काठमाडौं । संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ । ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

ट्रेन्डिङ

ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी

टोकियो । जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छन् । अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक...

आयकर र भ्याट तिर्ने समयावधि बढ्यो

काठमाडौं । सरकारले आयकर र मूल्य अभिवृद्धि कर भ्याट तिर्ने समय अवधि बढाएको छ । फागुन महिनामा तिर्नुपर्ने कर अब २५ वैशाखसम्म तिर्न मिल्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)