Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksझलनाख खनालको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन

झलनाख खनालको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी भएको भन्दै भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गराएको छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैर कानुनी भएकोले त्यसलाई रोक्न निवेदन दर्ता गराएको जनाएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ उल्लेख छ ।

पार्टीले आज बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैर कानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

ज्ञापन पत्रमा भनिएको छ ‘यस घडीमा यो कार्यले नेता खनालको मान मर्दन गर्ने र यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ । साथै, यो गैर कानुनी काम नरोकिए हामी कानुन अनुसार अगाडी बढ्ने कुरा विनम्रताका साथ यहाँहरू समक्ष राख्छौं ।’ पार्टीले प्रधानमन्त्री कार्यालयमा सूचनाको हकको प्रयोग गरि निम्न सूचना समेत समेत मागेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 64 times, 1 visits today)

आजको समाचार

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

साताका लोकप्रिय समाचार

इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत लिइने भाषा परीक्षा आज (सोमबार) हुने भएको छ ।...

संवादमार्फत समाधान खोज्दै सभामुख

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा...

भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल

काठमाडौं । विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म...

१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

  काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको...

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै...

ट्रेन्डिङ

सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा...

६५ वर्षिय महिलाको तेस्रोे रिपोर्ट नेगेटिभ

बागलुङ । बागलुङको दोस्रो कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको सार्वजनिक भएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक
कोरोना संक्रमण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)