मुलुकभर ८८.७५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । मुलुकमा ८८.७५ धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने गरेकोमा ६ साउन सम्ममा मुलुकभर ८८.७५ प्रतिशत धान रोपाइँ भएको हो । अघिल्लो वर्ष भन्दा २.९३ प्रतिशतले रोपाइँ घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा ९१.६८ प्रतिशत धान रोपाइँ भएको थियो । विभागको तथ्यांक अनुसार सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा धान रोपाई भएको छ भने सबै भन्दा कम प्रदेश नम्बर १ मा भएको छ । ६ साउन सुदुरपश्चिम प्रदेशमा ९३.७४ प्रतिशत धान रोपाइँ भएको छ भने प्रदेश १ मा जम्मा ८०.०२ प्रतिशत मात्र रोपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा साउन ६ सम्ममा १ लाख ५९ हजार २ सय ७६.२३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । सुदुरपश्चिम प्रदेशमा अघिल्लो वर्षकै हाराहारीमा नै रोपाइँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९५.४९ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेश १ मा २ लाख ७५ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जसमध्ये हालसम्म २ लाख २० हजार ७ सय ७२.८० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष तुलना प्रदेश १ मा २ प्रतिशतले धान रोपाइँ घटेको छ । अवधि वर्ष ६ साउनमा ८२.४१ प्रतिशत धान रोपाइँको भएको थियो भने यो वर्ष ८०.०२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यसैगरी प्रदेश २ मा ६ साउन सम्ममा ८८.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

विभागको तथ्यांक अनुसार प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफल धान रोपाइँ हुन्छ । जसमध्ये ३ लाख २२ हजार २ सय ६९.९५ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९६.७७ प्रतिशत धान रोपाइँको भएको थियो । गतवर्षको तुलना प्रदेश २ पनि यो वर्ष धान रोपाइँ घटेको छ ।

बाग्मती प्रदेशमा ९०.३४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जस मध्ये हालसम्म १ लाख ४ हजार १ सय ५२.९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । बाग्मती प्रदेशमा अघिल्लो वर्षको भन्दा केही बृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ८२.२२ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

यसैगरी गण्डकी प्रदेशमा ८७.६४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । १ लाख ८ हजार २ सय ७८ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ९४ हजार ८ सय ९१.२० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा गतवर्षको तुलनामा ३ कम रोपाइँ भएको छ । अघिल्लो वर्ष यहि अवधिमा ९१.११ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

लुम्बिनी प्रदेशमा हालसम्म ९२.२४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । धान लुम्बिनी प्रदेशमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ खेती हुँदै आएको छ । हालसम्म २ लाख ८० हजार ३९.१४ हेक्टरमा रोपाइँ भएको छ । गतवर्ष यहि अवधिमा ९५.१४ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो । यसैगरी कर्णाली प्रदेशमा ९३.८२ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ जस मध्येमा ३६ हजार १२.३ प्रतिशत धान रोपाइँ सम्पन भएको छ । कर्णाली प्रदेशमा पनि यसवर्ष गतवर्षको तुलना २.३८ प्रतिशत कम रोपाइँ भएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)