Friday, September 24, 2021
Your Ads Here
HomeNot-to-be-missedफ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

एजेन्सी,
sharethis

टोकियो । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन गर्दै दक्षिण अफ्रिकाको युवा टोलीमाथि ४–३ को प्रतिस्पर्धात्मक जित हात पारेको हो ।

फ्रान्स पहिलो खेलमा मेक्सिकोसँग ४–१ ले पराजित भएको थियो । दक्षिण अफ्रिकाका लुथर सिंहले पेनाल्टी चुकाउँदा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै ७ गोल दोस्रो हाफमा सम्भव भएको थियो । फ्रान्सका लागि आन्द्रे पिएरे जिग्नाकले ह्याट्रिक पूरा गर्दा तेजी साभानिएरले विजयी गोल गरेका थिए । अफ्रिकाका कोवामेलो कोडिसाङ, इभिडेन्स माकगोपा र टेवोहो मोकोइनाले गोल गरे ।

पहिलो जितसँगै फ्रान्सले नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । फ्रान्सको दुई खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको जापानको दुई खेलबाट ६ अंक छ । मेक्सिकोको ३ अंक छ । दक्षिण अफ्रिका अंकविहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा आयोजक जापानले मेक्सिकोमाथि २–१ को जित निकालेको छ । जापानको जितमा ताकेफुसा कुवो र रिट्सु डोआनले गोल गरे । मेक्सिकोका रोबर्टाे अल्भार्डाेले एक गोल फर्काए । मेक्सिको ६८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जापानले पहिलो हाफको ११ मिनेटभित्र नै दुई गोलको अग्रता लिएको थियो ।

आइतबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टमाथि १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनाको जितमा फकुन्डो मेडिनाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिना पहिलो खेलमा अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो । पहिलो जितसँगै समूह ‘सी’मा अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । गोल अन्तरमा अस्ट्रेलिया अघि छ । यही समूहको अर्काे खेलमा स्पेनले अस्ट्रियामाथि १–० कै जित निकाल्यो । यो जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

इजिप्ट १ अंक जोडेर पुछारमा छ । यस्तै उपाधि दावेदार ब्राजिल र आइभोरी कोस्टले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । १३औं मिनेटमा डगलस लुइस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राजिल समस्यामा परेको थियो । यही समूहको अर्काे खेलमा जर्मनीले साउदी अरेबियामाथि ३–२ को जित निकालेको छ । जर्मनीको यो पहिलो जित हो । जर्मनीको जितमा नादिम एमिरी, राग्नर एचे र फेलिक्स उदोखाइले गोल गरे ।

साउदीका लागि दुवै गोल सामी अल नाजेइले गरेका थिए । जर्मनी ६६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै समूह ‘डी’मा ब्राजिल र आइभोरी कोस्टको समान ४ अंक रहे पनि गोलअन्तरमा ब्राजिल शीर्षस्थानमा रहँदा आइभोरीकोस्ट दोस्रोमा रहेको छ । जर्मनी ३ अंकसहित तेस्रो स्थानमा रहँदा साउदीले अंकको खात खोल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया

(Visited 85 times, 1 visits today)

आजको समाचार

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

साताका लोकप्रिय समाचार

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

प्रिमियर लिगमा चेल्सी र ला लिगामा रियाल म्याड्रिड शीर्षस्थानमा

लन्डन । प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ भने स्पेनिस प्रिमियरा लिगामा रियाल म्याड्रिडले शीर्ष स्थानमा पुगेको छ । टोटनह्याम हट्सपरलाई ३–० ले...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

ट्रेन्डिङ

रोजगारीका लागि भारत गएका बालक सम्पर्क बिहिन

गुल्मी । रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार भारतको हरियाणा...

सोमबारभित्रमा हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई ओलीको अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षर सोमबारभित्रमा फिर्ता लिन अल्टिमेटम दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)