Friday, September 24, 2021
Your Ads Here
HomeNot-to-be-missedअलमुताइरीले राजीनामा दिएका छैनन्: एन्फा

अलमुताइरीले राजीनामा दिएका छैनन्: एन्फा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पद छाड्ने बताए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आइतबार राजीनामा बुझाएका छैनन् ।

उनले बिहान ११ बजेपछि सामाजिक सञ्जाल फेसबुकमा नेपाल समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको र राजीनामा सँगै उनी खुसी हुने लेखेका थिए । उनले विगत तीन सातादेखि आफूलाई असहयोग गरेको र आफूविरुद्ध धेरै नाटक मञ्चन गरेको समेत आरोप लगाएका थिए । अलमुताइरीले आफ्नो फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङकै कारण पदबाट राजीनामा दिन एन्फा जाने बताएसँगै फुटबल वृतमा खैलाबैला भएको थियो । आइतबार फुटबल वृतभर यसै विषयमा चर्चा भएको थियो ।

आरोपसहित राजीनामा दिन पुगेका अलमुताइरीले उपस्थित मिडियासँग कुनै प्रतिक्रिया दिन मानेनन् । उनले राजीनामा दिनका लागि अध्यक्ष कर्माछिरिङ शेर्पालगायतसँग छलफल गरेका थिए । एन्फाले उनलाई केही समय विश्राम लिएर छलफल गर्न आग्रह गरेको प्रवक्ता किरण राईले बताए । प्रशिक्षक अलमुताइरीले आफू केही तनावमा रहेको बताएपछि एन्फाले उनलाई समय दिएको हो । प्रशिक्षकले आफ्नाविरुद्ध लागेकाले वरिष्ठ उपाध्यक्षबारे अभिव्यक्ति दिएको जानकारी दिएका हुन् । अलमुताइरीबाट आधिकारिक रूपमा कुनै राजीनामा नआएको उनले प्रस्ट पारे ।

अलमुताइरी एन्फा अध्यक्षसँग बैठकमा रहँदा बाहिर आरोप खेपेका वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफैं पनि प्रशिक्षकको आरोपबाट आश्चर्यचकित रहेको बताइरहेका थिए । उनले आफूलाई लागेको आरोप प्रमाणित भए पदमा एक सेकेन्ड पनि नबस्ने बताएका छन् । उनले यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । एन्फा प्रवक्ता राईले यसबारे अहिले यकिन भन्न नसकिने बताएका छन् । एन्फाले केही दिनअघि मात्र उनको सम्झौता नवीकरण गर्न कतार फुटबल संघलाई पत्राचार गरेकाले एन्फाले प्रशिक्षकबारे अर्को कुनै धारणा नबनाएको पनि उनले प्रस्ट पारे ।

सामाजिक सञ्जालमा समर्थकसँग घुलमिल हुने अलमुताइरीको समर्थनमा केही समर्थक पनि एन्फा परिसरमा उपस्थित रहेका थिए । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गीर कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए । अलमुताइरीको यो चरित्रले उनी एन्फाको राजनीतिभित्र पसेको अनुमान गर्न सकिन्छ । एन्फाको निर्वाचन नजिकिदै गर्दा एन्फाभित्र स्पष्ट दुई धार देखिएको छ । केही समितिले असन्तुष्टि जनाउँदै राजीनामा समेत दिइसकेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

‘मेरो नाम जोडिँदा म आश्चार्यमा परें’
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले आफ्नो कारणले पदबाट राजीनामा दिने घोषणा गरेको सुन्दा आश्चार्य लागेको बताएका छन् ।

अलमुताइरीले आइतबार पछिल्लो ३ सातादेखि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले समस्या उत्पन्न गराएको भन्दै राजीनामा दिन लागेको सामाजिक सञ्जालमा लेखेका थिए । वरिष्ठ नेम्बाङले भने व्यक्तिगत रूपमा अलमुताइरीसँग भेटसम्म नभएको उल्लेख गर्दै खेलका दौरान म्यासेन्जरमार्फत शुभकामना आदानप्रदान मात्र भएको बताएका छन् ।

नेम्बाङले केही दिनअघि दिएको अन्तरवार्ताका विषयमा भने अलमुताइरीको भनाइमा एन्फा महासचिव इन्द्रमान तुलाधरलाई असहमति जनाएको बताएका छन् । ‘प्रशिक्षकले एउटा अन्तरवार्तामा फुटबल विकासका लागि पदाधिकारीले पनि परिवर्तन हुनुपर्छ भनेका छन् । त्यो उनको दायराभन्दा बाहिरको विषय हो भनेर महासचिवलाई कुरा गर्न भनेका थिए’, उनले भने, ‘महासचिवले मौखिक रूपमा जानकारी गराइसकेको र आइन्दा त्यस्तो हुँदैन भनेको पनि मलाई भनेका थिए ।

मैले सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत पनि त्यही असहमति राखेको थिएँ ।’ नेम्बाङले आफ्नो नाम जोडेर राजीनामा दिनुपर्छ भन्ने पूर्वाग्राह हो भन्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई विषयको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने माग गर्ने बताएका छन् । ‘ममाथि यो मिथ्या आरोप लगाउन पाइँदैन । उनले आरोप प्रमाणित गर्नुपर्दछ,’ नेम्बाङले अगाडि भने, ‘होइन भने मलाई किन दोष । जब मेरो व्यक्तिगत चिनजान पनि छैन । सत्यतथ्य छानबिन गर्न समिति बनाउन माग गर्छु । म दोषी भए मलाई र उनी दोषी भए उनलाई कारबाही होस् ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

 

तपाइको प्रतिक्रिया

(Visited 48 times, 1 visits today)

आजको समाचार

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

साताका लोकप्रिय समाचार

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

  काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा...

बढदै छ आत्महत्या, सचेतना बढाऔं

  विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा वार्षिक ८ लाखले आत्महत्या गर्ने गर्दछन् जसमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ७९ प्रतिशत पर्छन् । हरेक ४०...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

ट्रेन्डिङ

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

बलिउड प्रस्ताव छाडेर नेपालमै रमेकी ज्ञानु राणा

काठमाडौं । उमेरले ७० वर्ष नाघिसकेकी छन्, गायिका ज्ञानु राणा । तर, अहिले पनि गायनमा उत्तिकै जोस र जाँगर छ । यसै साता मात्र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)