Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थएक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात

एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात

कौशिला कुँवर,
sharethis

काठमाडौँ । विहे ब्रतबन्ध लगायतका कार्य गर्दा देखासिकीकै लागि भएपनि सामान्य व्यक्तिले पनि ऋण गरेरै पार्टी प्यालेसमा भोज भतेर गर्ने संस्कार बढेको छ । होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा भोज भतेर गर्दा चामलको माग बढ्छ । तर, पछिल्लो २ वर्ष यता विश्वमा फैलिएको कोरोना महामारीले होटेल रेष्टुरेन्ट पार्टी प्यालेस नै सञ्चालन हुन नसकेर ठप्प छन् । तर, पनि यो वर्ष चामलको आयात अत्याधिक रुपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷२०७८ को तथ्यांक अनुसार पछिल्लो एक वर्षमा चामलको आयात ५० अर्ब ७८ करोड ७२ लाख ७२ हजार रुपैयाँको १ अर्ब ३३ करोड ४३ लाख ३६ हजार ४४६ केजी चामल आयात भएको छ ।

विभागले सार्वजिनक गरेको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो । अघिल्लो वर्ष ३३ अर्ब ६५ करोड १४ लाख २९ हजार मुल्य बराबारको ४४ करोड ८४ लाख ४२ हजार ५१३ केजी चामल आयात भएको थियो ।

कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषि पेशमा रहेको देशमा वर्सेनी चामलको आयात अत्याधिक रुपमा बढ्नु देशकै लागि लजास्पद मानिन्छ । पूर्व आपूर्ति सचिव तथा व्यापार विज्ञ पुरुषोत्तम ओझा भन्छन्, ‘कुनै पनि वस्तुको बजारमा माग बढी हुँदा उत्पादन कम भएपछि आयात बढ्नु स्वभाविक हो । तर कृषिप्रधान मुलुकमा कुल जनसंख्याको ६५ प्रतिशत कृषि पेशामा संग्लन भएको देशमा एक वर्षमा ५० अर्बको चामल हुनु देशका लागि लज्जाको विषय हो ।

कृषिजन्य वस्तु उत्पादन गरी देशलाई आर्थिक समृद्धि बनाउने नारा, नीति र योजना मात्र बनाएर देश आर्थिक समृद्धि हुन नसक्ने उनको भनाई छ । ‘नेपालमा स्वदेशी वस्तु उत्पादन गरी निर्यात बढाएर व्यापार घाटा कम गर्न सक्ने र कृषि क्षेत्रमा ठुलो लगानी गरेर देशलाई आर्थिक समृद्धि बनाउन सकिने आधार धेरै छन । तर बनाएका नीति तथा योजनाहरु कार्यान्वयन नगरी कागजमा सिमीत राख्ने कारणले नेपालमा वर्सेनी आयात बढ्दो छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

सरकारले कृषि क्षेत्रलाई आधुनिकिकरण गरी उत्पादन बृद्धि गर्ने भनिए पनि सरकारले कृषिलाई प्रथाकितामा नै नराखेको उनको भनाई छ । पूर्व आपूर्ति सचिव ओझाले भने,‘सरकारले कृषि क्षेत्रलाई आत्मभिर्नर गर्ने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत प्रभावकारी हुन सकेको छैन । परियोजना सञ्चालन गरेको ५ वर्ष भन्दा बढी भइसकेको छ । तर, परियोजनाको उद्देश्य अनुसार कृषिमा आत्मानिर्भर हुन सकेको छैन ।’

सरकारले किसानलाई दिने गरेको कृषि अनुदान समेत सहि कृषकको हातमा पुग्न नसक्नु र आवश्यता अनुसार कृषि क्षेत्रमा लगानी नबढेकाले पनि कृषिजन्य वस्तुको उत्पादन बढ्न नसकेको उनको भनाई छ । कृषिजन्य वस्तुको आयात कम गर्न नेपालमा कृषिमा ठुलो लगानीको गर्नुपर्ने उनी बताउछन् ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका तत्कालिन प्रवक्ता डा. श्रीराम घिमिरेले नेपालीहरुमा खाने बानीमा आएको परिवर्तनले नै पछिल्लो समय चामल आयात बढ्दै गएको बताउछन् । चामलको आयात बढ्नुको एउटा कारण चामललाई जाँड रक्सीमा बढी प्रयोग गर्नु र पशु दानामा पनि प्रयोग गर्ने भएकाले बढेको हुन सक्ने डा. घिमिरेको भनाई छ ।

भन्सार विभागले सार्वजनिक भएको तथ्यांक अनुसार चामलको आयात अत्याधिक बढेको छ । उनले भने,‘तर त्यो तथ्यांक अनुसारको सबै चामल नै हो कि होइन भन्ने पनि शंकाको विषय भएको भएको उनको भनाई छ । चामलमा भन्सार शूल्क कम लाग्ने हुँदा व्यापारीले भन्सार शुल्क छल्न चामलको सट्टा अन्य वस्तु ल्याएको हुन सक्ने उनले बताए ।

नेपालमा आयात निर्यातको वास्तविक तथ्यांक व्यवस्थापन गर्ने प्रणाली नहुँदा तथ्यांकमा पनि समस्या हुनसक्ने उनको बुझाई छ । ‘खुल्ला सिमाना भएकाले आउने र जाने दुबै हुन्छ । तर नेपालबाट भारत गएको हामीसँग कुनै तथ्यांक छैन ।’ घिमिरेले भने । तथ्यांक नहुँदा गएको नदेखिने आएको मात्र देखिएको भएकाले नेपालमा उत्पादन नै भएको छैन कि भन्ने देखिएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया

(Visited 90 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

आजको समाचार

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

साताका लोकप्रिय समाचार

युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा...

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई

न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका...

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार...

अर्थमन्त्रीले दिए भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले भन्सार विभागले आयोजना गरेको दुई...

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै...

ट्रेन्डिङ

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक–२०७८ पारित भएको छ । आइतबार बसेको नवौं अधिवेशनको पाँचौं बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)