Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksकोरोना संक्रमण दर बढ्दै

कोरोना संक्रमण दर बढ्दै

साउन महिनामा ३७ प्रतिशत बढ्याे

दीपक ओली,
sharethis

धनगढी । निषेधाज्ञा खुकुलो भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन महिना लागेसँगै ३७ प्रतिशतमा उक्लिएको छ । सुदूरपश्चिममा संक्रमण दर अन्य ६ प्रदेशभन्दा धेरै हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेखअनुसार असार २५ देखि ३१ गतेसम्म एक हजार ५ सय ३१ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण पुष्टि भएको थियो । यो १५ प्रतिशत हाराहारी हो । तर, साउनको पहिलो सात दिनमा ५ सय ६७ जनाको पीसीआर जाँच गर्दा २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो झन्डै ३७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखअनुसार सुदूरपश्चिमपछि संक्रमण दर गण्डकीमा बढी छ । साउनको पहिलो सात दिनमा गण्डकीमा ३६ प्रतिशत संक्रमण छ । ३ हजार ७ सय ५१ जनामा पीसीआर जा“च गर्दा एक हजार ३ सय ६४ जनामा संक्रमण देखिएको हो । कर्णालीको साप्ताहिक संक्रमण दर ३५ प्रतिशत छ । सबैभन्दा बढी पीसीआर परीक्षण भएको वाग्मतीमा १९ प्रतिशत संक्रमण दर देखिएको छ । ३६ हजार ६८ जनाको परीक्षण गर्दा ६ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा ३० प्रतिशत संक्रमण छ । साउन पहिलो साता १० हजार ५ सय ९८ जनाको परीक्षण गर्दा प्रदेश १ मा ३ हजार १ सय ९ जनामा संक्रमण देखिएको हो । प्रदेश २ मा सबैभन्दा कम संक्रमण दर छ । मन्त्रालयको अभिलेखअनुसार २ हजार ५ सय १७ जनाको पीसीआर जा“च गर्दा १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा लुम्बिनीमा १६ प्रतिशत संक्रमण दर छ ।

सुदूरपश्चिममा सेती अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर, डडेलधुरा, डोटी, बझाङ, बैतडी र कमलबजार अस्पताल अछाममा पीसीआर ल्याब सञ्चालनमा छन । साउनको पहिलो साता धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीको प्रयोगशालामा पीसीआर जाँच भएको छ । साउनको पहिलो सात दिनमा सबैभन्दा धेरै धनगढीमा ४ सय ६२ परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, डडेलधुरा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १९ जना, महेन्द्रनगर ल्याबमा ७० जनाको पीसीआर जा“च गर्दा १४ जना संक्रमित भेटिएका छन । बैतडी अस्पतालमा १२ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ‘असारको अन्तिम साताभन्दा साउनको पहिलो साता पीसीआर रिपोर्टका आधारमा संक्रमण दर दोब्बरभन्दा बढीले बढेको छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘निषेधाज्ञा खुकुलो भएस“गै कोरोना संक्रमणको जोखिम बढेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

लक्षण फरक

संक्रमितको उपचारमा सुरुदेखि नै संलग्न सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले अहिले संक्रमितमा लक्षण पनि नौलो भएको बताएका छन । अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलका अनुसार पछिल्लो समय उपचारका लागि अस्पताल आइरहेका संक्रमितमा पहिलाको भन्दा नितान्त फरक लक्षण देखिएका छन । ‘खान मन नलाग्ने, थकाई महसुस हुने, पेट भरिने, पखाला लाग्नेलगायत समस्या अहिलेका संक्रमितमा देखिएका छन्,’ डा. पौडेलले भने, ‘थाइराइड र सुगरका बिरामीहरूमा संक्रमण दर बढी देखिएको छ ।’ नेपालमा कोरोना संक्रमणको सुरुआती चरणमै प्रभावित भएको सुदूरपश्चिम दोस्रो चरणमा पनि उत्तिकै प्रभावित रह्यो । दुवै चरणमा कैलाली र कञ्चनपुर त हटस्पट नै बने । निर्देशनालयका अनुसार शुक्रबारसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ७६ पुगेको सुदूरपश्चिममा साउन पहिलो सातादेखि नै संक्रमण दर दोब्बरले बढेपछि तेस्रो चरणको चिन्ता बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार सुदूरपश्चिममा बढी जोखिम हुनुको मुख्य कारण लापरबाही र यहाँका बासिन्दाहरूको भारतमा आवतजावत हुनु हो । यस प्रदेशका ९ वटै जिल्लाबाट भारतमा रोजगारीका लागि जाने र फर्किनेको संख्या बाक्लो छ । त्यसैले भारतमा कोरोना प्रभाव देखिनेबित्तिकै यस प्रदेशमा पनि कोरोनाको संक्रमण वृद्धि हुने गरेको छ ।

पूर्वतयारीका क्रममा सबैभन्दा बढी सीमामा ध्यान दिने तयारी गरेको निर्देशक डा. अवस्थीको भनाइ छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सुदूरपश्चिममा सबैभन्दा बढी संख्यामा आवतजावत हुने सीमानाका हुन । दुई दुवै नाकामा एक/एक हजारको अटाउन सक्ने होल्डिङ सेन्टर निर्माणको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनगढी र महेन्द्रनगरमा सामाजिक विकास मन्त्रालयले थप ५० शय्याको कोभिड अस्पताल पनि निर्माण अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । ‘दुई वटै सीमानाकामा होल्डिङ सेन्टर बनाउन सुरु गरिसकेका छौं,’ सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘अबका दिनमा भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिने व्यवस्था गर्छौं ।’ सुदूरपश्चिमबाट भारत आवतजावत गर्ने कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला मुख्य सीमानाका हुन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

बालबालिका प्रभावित हुन सक्ने अनुमानमा हरेक जिल्ला अस्पतालमा बालबालिकाका लागि १० वटा विशेष शय्या निर्माणको काम भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ठूला अस्पतालमा कुल शय्याको २० प्रतिशत बालबालिका लक्षित गरी तयारी भइरहेको अस्पतालहरूले जनाएका छन । सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालमा गरी ९ सय ७७ शय्या छन । एचडीयू बेड संख्या १ सय ४३ र आईसीयू ६९ छन । भेन्टिलेटरको संख्या ३५ छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 65 times, 1 visits today)

आजको समाचार

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

साताका लोकप्रिय समाचार

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक...

फेरिए तालिबान, शासन व्यवस्था लचक

काबुल । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का...

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १...

फर्नान्डेज युएस ओपनको फाइनलमा

न्यूयोर्क । क्यानडाकी टिनएजर लेला फर्नान्डेज युएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन् । अमेरिकाको न्युयोर्कमा शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा दोस्रो वरियताकी एरिना साबालेन्कालाई...

प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार

  काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी...

ट्रेन्डिङ

यो बादल यो बर्षा

काठमाडौं । मनोवादको शब्द संगीत तथा स्वरमा 'यो बादल यो बर्षा' सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका...

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)