Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशनदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु

एक वर्षमा एक दर्जन बालबालिकाको मृत्यु

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको डुबेर मृत्यु भएको हो ।

प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार दिउँसो ४ बजेतिर सप्तकोशी नदीमा बाढीले बगाएर ल्याउने गरेको दाउरा छान्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

वर्षायामका कारण नदीमा वहाव उच्च रहेको र अभिभावकले निगरानी गर्न नसक्दा सो दुःखद घटना भएको उनको भनाई छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

जिल्लामा डुबेर मृत्यु हुने बालबालिकाको संख्या उच्च छ । प्रहरीका अनुसार सप्तरीमा आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नदी, खोला, पोखरी र खाडलमा डुबेर १२ बालबालिकाको मृत्यु भएको छ ।

अभिभावकले आफ्ना सन्तानको ख्याल नगर्दा डुबेर र नदी खोलाले बगाएर बालबालिकाको ज्यान गुमाउने क्रम बढेको भन्दै प्रहरीले तटिय क्षेत्रमा नजान तथा बालबालिकामाथी अभिभावकले निगरान्ी गर्न आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 67 times, 1 visits today)

आजको समाचार

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

साताका लोकप्रिय समाचार

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे सुप्रबल जनसेवाश्री’ विभूषण

  काठमाडौं । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

संसदको गतिरोध हट्ने मन्त्री कार्कीको विश्वास

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग संवादमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अबरोध पनि हट्ने र बजेट...

ट्रेन्डिङ

महिला अधिकारकर्मी राईलाई कोरोना संक्रमण

धनकुटा । धनकुटाकी महिला अधिकारकर्मी शुक्री राईलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महिला...

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)