बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण

 

काठमाडाैं ।  बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N–AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । जहाजमा ६९ जना यात्रु सवार थिए । साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

यस्तै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ । काठमाडौंबाट नेपालगञ्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज बिरामीलाइ काठमाडौं झारेर पुनः नेपालगञ्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले