Friday, September 24, 2021
Your Ads Here
Homeबिचारआर्थिक विकासमा महिला समूह

आर्थिक विकासमा महिला समूह

सुदर्शन अधिकारी,
sharethis

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ । आमा महिलालगायतका अनेकांै नाममा खुलेका हजारौंका संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ । महिला नेतृत्वको विकास पुँजीको सदुपयोग मात्र नगरी अनि सानो रकमलाई ठूलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो कार्यले रोजगारी नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महŒवपूर्ण हुन् ।

उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडांै खर्चसमेत गर्ने गरेकै छ । सीप विकासका लागि ग्रामीण क्षेत्र प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकांै सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको परिचालन गर्दै अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन स्रोतको परिचालन गर्दै अनेकांै व्यवसाय सञ्चालनमा आएका छन् । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ । तितौरा, आलुचिप्स, सेनेटरिप्याड, दालमोठ मैनबत्ती साबुन बुनाइ सिलाइलगायत सयौंं प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पु¥याएको हुन्छ ।

वास्तवमा घरायसी काम गरेर पनि समय निकाल्दै मासिक बैठक ब्याज तथा साँवा फिर्ता संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफंैमा चुनौतीपूर्ण हँुदै छ । पुरुषप्रधान समाजमा महिला घरबाहिर निस्किएर आआफ्ना व्यवसायमा संलग्न र सक्रिय रहँदै जीविकोपार्जनमा महŒवपूर्ण भूमिका निर्वाह गर्नु हरहिसाबले सकारात्मक र आर्थिक विकासका लागि ज्यादै प्रशंसायोग्य कार्य पनि हो । आफूलाई केही रकम आवश्यक पर्दा तत्कालै लिन पाइने घरमा आवश्यक पर्ने दैनिकी खर्चको जोहो हुन्छ । बालबालिकाले पढ्ने लेख्न कापी कलम किताब आदिको प्रयोगमा समूहको नियमानुसार लिई त्यसलाई दुईवटा मात्र उन्नतजातका पाठी खरिद गरेर पाल्दा एक वर्षमा एक÷डेढ लाख बनाउने महिलाहरू असंख्य भेटिन्छन् । कृषि र व्यवसाय एउटै सिक्काका दुई पाटा हुन् भन्ने बुझेर पनि हामी त्यसलाई स्वीकार गरिरहेका छैनांै । यी तीनवटा पक्ष हरेक उत्पादन गर्ने संस्थाहरूले ख्याल गरेका हुन्छन् । समाजको विशेषता नै परिवर्तनशीलता भएकाले अपेक्षा पनि बदलिन्छन् । समाजमा नवीन परिवेशको सिर्जना हुन्छ । मानवले पनि परिवेश अनुकूलका आवश्यकता पूरा गर्न चाहन्छन् ।

हाम्रो समाजमा रहेका आर्थिक अवस्थाको नियन्त्रण नियमित र निर्देशित गर्न पनि आर्थिक संस्था गठन गरिएका हुन्छन् । प्रत्येक आर्थिक संस्थामा निश्चित पद्धति सिद्धान्त व्यवहार र आदर्श रहन्छन् । यसैबाट समाजमा आर्थिक व्यवहार हुने गर्छन् । आय आर्जनका लागि काम गर्ने संस्था पनि औपचारिक र अनौपचापरिक हुन्छन् । सामान्यतया अनौपचारिक संस्था भन्नाले घरपरिवारमा गरिने कार्यलाई बुभिन्छ । जहाँ कार्य गरेबापत ज्याला वा पारिश्रमिक पाइँदैन । औपचारिक भन्नाले बैंक तथा वित्तीय संस्था सरकारी तथा गैरसरकारी कार्यहरू पर्छन् । यस्ता संस्थामा काम गरेपछि निश्चित रकम बोनस सञ्चयकोष जस्ता विविध शीर्षकमा सुविधा र पारिश्रमिक पाइन्छ ।

शिक्षित सीपयुक्त र दक्ष जनशक्तिका रूपमा वित्तीय संस्था, विश्वविद्यालयलगायत निजी क्षेत्रका अधिकांश कार्यालयमा महिलाको उपस्थितिमा वृद्धि भएको छ

सरल ढंगले बुझ्ने हो भने पनि सामूहिक कार्य आफैंमा प्रभावकारी र हरेकले जिम्मेवारीबोध गर्ने हुन्छ । त्यसैले साझेदारी व्यवसाय फुटाउने गरेका दृष्टान्त पर्याप्त पाइन्छन् । राज्यले पनि विभिन्न क्षेत्र साझेदारी कार्यक्रममार्फत कार्यहरू गरेका छन् । वन र वातावरण संरक्षणमा संघ र केन्द्र प्रदेश र स्थानीय तहमा कार्य हुने गरेका छन् । हामी हाल १४आंै योजना समाप्त गरी १५आंै योजनाका उत्तरार्थतिर लम्किरहेका छौं । योजनाका साथ गरिने कार्य प्रभावकारी नतिजामुखी र निश्चित समय मात्र चल्ने हुन्छन् । संयुक्त राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रूपमा सन् १९३० सम्म हासिल गरिसक्ने प्रतिबद्धता गरिएका दिगो विकासका लक्ष्यहरू पनि निर्धारण गरिएका छन् ।

वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महŒवपूर्ण रणनीतिको रूपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने आर्थिक वृद्धिदर हुत्त भई समग्रमा गरिबी निवारण गर्न सहयोग पुग्छ । महिलाबाट सञ्चालित सबै संस्थामा स्थानीयदेखि संघसंस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरिबीको निवारणमा क्रमिक रूपले पर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीयस्तरमा महिला सहभागिता महिला शक्तीकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता हासिल गर्नुपर्छ । जसका लागि हक अधिकार समाज संस्कृति मूल्य मान्यता र परिवेश सबै तŒवलाई गम्भीरतापूर्वक मनन गरी आयआर्जन रोजगारी र पुँजी संकलनमा जोड दिनुपर्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मतभेदभन्दा मनभेद जोखिम

महिला तथा बालबालिका मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएको पनि दुई दशक बितिसक्यो । शिक्षित सीपयुक्त र दक्ष जनशक्तिका रूपमा वित्तीय संस्था विश्व विद्यालय विद्यालयलगायत निजी क्षेत्रका अधिकांश कार्यालयमा महिलाहरूको उपस्थिति वृद्धि भएको देखिन्छ । मूलतः आरक्षण र समावेशिताको सिद्धान्तलाई अंगीकार गरेपछि महिलाको सहभागिता विकासका क्षेत्रदेखि अन्य स्वास्थ्य शिक्षा वित्तीय संस्थामा बढेर गएको देखिन्छ । मानवलाई सर्वप्रथम आर्थिक रूपमा सबल बनाउनुपर्नेहुन्छ ।

आर्थिक रूपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले आर्थिक पक्ष बलियो बनाउन छरिएर रहेका नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका सीपको उपयोगबाट आय आर्जन गर्न सकिएकाले नै सहकारी फस्टाउँदै गएको हो । आर्थिक हिसाबमा मजबुत भएपछि शिक्षा स्वास्थ्य सञ्चार पोषणलगायतका सबै क्षेत्रमा सहज पहुँच पुग्छ । सामान्य कार्यका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था छ । एक जना श्रमिकको ज्याला हजारदेखि १५ सयसम्मलाई न्यूनतम भन्नुपर्ने भएको छ । घरनिर्माण प्लम्बिङ वायरिङ पेन्टिङलगायतका कार्यमा पनि पर्याप्त आर्जन गर्न सकिन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मतभेदभन्दा मनभेद जोखिम

अल्पकालीन सीपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । सामान्यता एक दिन धान चुट्ने कामका लागि प्रतिव्यक्ति हजारदेखि १५ सय भन्ने गरिन्छ । त्यसमा खाजा चिया चुरोटसमेत जोडिन्छ । यसरी हेर्दा कम्तीमा २ हजार श्रम गरेबापत लिने अवस्था हाल रहेको छ । कृषिमा अल्पकालीन रोजगारी मात्रै प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ । चर्चित समाजशास्त्री तथा दार्शनिक कार्ल माक्र्सले पनि आर्थिक पक्षलाई सामाजिक क्रियाको केन्द्रबिन्दु मान्छन् ।

अर्काको भरमा परेर अनेकौं प्रक्रिया र दुर्वचन सहनुभन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ

हाम्रो समाजमा आर्थिक संस्था अनेकौं छन् । हरेक संस्थाका आआफ्नै उद्देश्य र कार्य हुने नै भयो । आर्थिक संस्थाहरूले मूलभूत रूपमा तीनवटा पक्षलाई महत्व दिएका हुन्छन् । प्रथम भनेको के कस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोत र साधनलाई के कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो ।

महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्र छन् । रोजगारी सिर्जना शिक्षा स्वास्थ्य सरसफाइ खानेपानी फोहोर व्यवस्थापन कृषिजन्य उत्पादन त्यसको बजारीकरण भण्डारण प्रशोधनलगायतका धेरै कार्य पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भई आय आर्जनका साथै वातावरणको संरक्षण नेतृत्वको विकास स्वस्थ्य जीवनयापन शिक्षित व्यक्तित्व जस्ता मानवका चौतर्फी विकासमा टेवा अवश्य नै पुग्छ । सीप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन व्यतित अनि आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आय आर्जनका कार्य सहजै गर्न सकिन्छ ।

स्वेटर बुन्ने कपडा सिलाउने घर सजावटका सामग्री बनाउने कागजका चित्रकलामा रंग भर्ने थाङका पौभा मिथिलालगायतका अनेकौं कलाका माध्यमले रोजगारी बनेर मनग्गे आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र सीप मात्र हुनुपर्छ घरघरमा रोजगारी स्वयं सिर्जना गर्न सकिन्छ । अर्काको भरमा परेर अनेकौं प्रक्रिया र दुर्वचन सहनुभन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ ।

तपाइको प्रतिक्रिया

(Visited 86 times, 1 visits today)

आजको समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

साताका लोकप्रिय समाचार

नेपालले हङकङसँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल उज्वेकिस्तानस्थित (जेएआर...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

ट्रेन्डिङ

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)