Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picks१३ वर्षमै ओलम्पिकमा स्वर्ण

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

एजेन्सी,
sharethis

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले स्वर्ण जितेकी हुन् । १३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी रायसा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्यपदक हात पारिन् ।

ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीमा यो नै सबैभन्दा कम उमेरको पोडियम बन्यो । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो । निसियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । निसियाले ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान भने तोड्न सकिनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रिङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् । निसियाभन्दा ६३ दिन कम उमेरमा उनले स्प्रिङबोर्डमा स्वर्ण जितेकी थिइन् । यो कीर्तिमान भने टोकियो ओलम्पिकमा तोडिने सम्भावना छ । जापानकी कोकोना हिराकी (१२ वर्ष ३ सय ४३ दिन) र बेलायतकी स्काइ ब्राउन (१३ वर्ष २८ दिन)ले बुधबार हुने महिला पार्क स्केट बोर्डिङमा प्रतिस्पर्धा गर्नेछन् ।

स्केटबोर्डीङले पहिलोपटक ओलम्पिकमा स्थान बनाएकोले पनि यसमा अधिकांश युवा खेलाडीले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 153 times, 1 visits today)

आजको समाचार

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

साताका लोकप्रिय समाचार

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

ट्रेन्डिङ

निजी वित्तीय संस्थाले गडबढी गरे राष्ट्र बैंकमा उजुरी गर्न सकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबारेमा कुनै गुनासो या समस्या भएमा सिधै नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने गरी पहिलोपटक कार्यविधि आएको छ ।...

अनुगमन संयन्त्र प्रभावकारी बनाऊ

नयाँ आर्थिक वर्ष २०७८-७९ सुरु हुन अब केही दिन मात्रै बाँकी रहे पनि सरकारले सो नयाँ वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)