Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशसिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

बिमला पाण्डे,
sharethis

 

सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो ।

बुधबार विहान ८ बजे संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउने नेपाली सेनाको वर्द बहादुर गणका गणपति विजय थापाले बताए। उनका अनुसार राष्ट्रपतिको सुरक्षा लगाएत कार्यक्रम व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन् ।

नेपाली सेनाले करिब ७ करोडको लगानीमा बनाएको युद्ध संग्रहालयको डेकोरेसनको काम अन्तिम चरण पुगेको थापाले बताए । प्रधानसेनापति पूर्णचन्द्र थापा, संघिय सांसद गणेश कुमार पहाडी लगाएत युद्ध संग्रहालय उद्घाटनमा आउने निश्चित भएको थापाले बताए ।

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फास्टक्चर प्रा.लि धुलिखेलले गरेको छ ।

उक्त संग्रहालय काठमान्डौ बाहिर बनाईएको पहिलो संग्रहालय हो । युद्धकालिन अवस्थाका पत्रहरु, सिन्धुलीगढी युद्धको टाईमलाईन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरु, चरणवद्ध युद्धका चित्रहरु, तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालिन हातहतियार, अंग्र्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, व्रिटिस योद्धाहरु, नेपाली योद्धाका आर्ट तस्वीरहरु, मिथिला आर्ट, विट्रेनहरुको नाममा बनाईएका स्तम्भहरु, युद्धकालिन शिलालेखहरु, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तकालय संग्रहालयमा राखिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

नेपाली सेनाको वर्द बहादुर गणले निर्माणको कामको व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । यो संग्रहालय सञ्चालन व्यवस्थापनको जिम्मा नगरपालिकाको रहने छ ।
सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धि अघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा (लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको) नक्सा समेत राखिएको छ । २०७३ कार्तिक २४ गते पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको थियो ।

यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरु वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र विरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरि प्रतिस्थापन समेत गरेको छ । उक्त शालिकको उद्घाटन नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले बुधबार नै गर्ने भएका छन । नगरपालिकाको ४९ लाख लागतमा उक्त शालिक निर्माण गरेको हो ।

 

तपाइको प्रतिक्रिया

(Visited 112 times, 1 visits today)

आजको समाचार

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

साताका लोकप्रिय समाचार

१६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक...

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी...

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको...

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

  गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा...

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

ट्रेन्डिङ

जाभीको भन्छन्, ‘ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

बार्सिलोना । स्पेन तथा बार्सिलोनाका पूर्वस्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको दाबी गरेका छन् । उनले ग्वार्डिओला यतिबेला विश्वकै उत्कृष्ट...

बम विस्फोटको जिम्मा विप्लवले लियो

बाजुरा(मार्तडी) । चैत्र ३ गते जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराएको जिम्मेवारी विप्लप समूहले लिएको छ । सरकारद्धारा प्रतिबन्ध गरेको नेत्र विक्रम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)