Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेश१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि काटेको छ ।
जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको र पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ ।

पटक पटक विद्युतको वक्यौता महसुल बुझाउन पत्राचार गर्दा पनि वेवास्ता गरिएकाले बाध्य भई लाइन काटेका हौं, बितरण केन्द्रका प्रमुख आमोद प्रसाद यादवले भने, “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।”

उनले दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्ता गरेको बताए ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   प्रभु साहले भने, "यो व्यवस्था असफल भईसक्यो"

प्राधिकरणले हामीसँग विद्युत उपभोग गरेवापत शुल्क लिए हामी पनि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा लिन बाध्य हुनेछौं उनको भनाई छ । उनले नगरपालिका स्थापना भएदेखी नै विद्युत महसुल नबुझाएको आफूलाई जानकारी प्राप्त भएको भन्दै यसको समाधानका लागि नगर प्रमुख सँग छलफल गरि आवश्यक निर्णय लिने जानकारी दिएका छन् । यता लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 85 times, 1 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

साताका लोकप्रिय समाचार

काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

  काठमाडौं । आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको...

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

  काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

  काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन...

ट्रेन्डिङ

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं ।  शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ५ लाख आर्थिक...

चितवनमा कोरोना संंक्रमणबाट थप एक जनाको मृत्यु

भरतपुर । चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)