Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksबाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

तीन वर्षमा सडक दुर्घटनामा २१० जनाकाे मृत्यु

रुद्र सुवेदी,
sharethis

 

नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत तीन वर्षमा बाँकेमा भएका सडक दुर्घटनामा परेर २ सय १० जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा परेर ७७ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक राजु भण्डारीले बाँकेमा आर्थिक वर्ष २०७७/०७८ मा १ सय ५० वटा सवारी साधन दुर्घटना हुँदा ७७ जनाले ज्यान गुमाएको जानकारी दिए ।

सडक दुर्घटनामा परेर मृत्यु हुनेमा ५६ जना पुरुष, १७ जना महिला र चार जना बालक रहेका छन् । विभिन्न समयमा भएका यी दुर्घटनामा परेर १० चौपायले समेत ज्यान गुमाएको तथ्याङ्क पनि जिल्ला ट्राफिक कार्यालय बाँकेसंग छ ।
बाँकेमा सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्या पनि अधिक छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक भण्डारीले दिएको जानकारी अनुसार ७१ जना गम्भीर र १ सय ३६ सामान्य गरी २ सय ७ जना घाइते भए भने ८ वटा चौपाय पनि घाइते भएका छन् ।

जिल्लामा सबैभन्दा धेरै दुर्घटना भदौ महिना २० वटा सवारी साधान दुर्घटनामा परेका छन् भने सबै भन्दा कम साउन महिनामा ६ वटा सवारी सधान दुर्घटनामा परेको ट्राफिक प्रमुख भण्डारीले बताउछन् । उनले भने–‘ छाडा चौपायको कारण सबै भन्दा बढि सडक दुर्घटना निम्त्याउने गरेको छ ।’ उनले चालकको लापरबाही, ओभर स्पिड, ओभर लोड र सडकको अवस्थाले दुर्घटनाको कारण हुनसक्ने दाबी गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

आर्थिक वर्ष २०७६/०७७ मा १९१ वटा सवारी दुर्घटनाका घटना हुँदा ७३ जनाले ज्यान गुमाएका छन् भने २०१ पुरुष, ५२ महिला, १९ बालक र ८ बालिका गरी २ सय ८० जना घाइते भएका छन् । यसै आर्थिक वर्षमा सवारी दुर्घटना मै परे ४० चौपायले ज्यान गुमाए भने ३ चौपाय घाइते भएको पाईन्छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ९९ वटा सवारी दुर्घटनामा हुँदा ६० जनाले ज्यान गुमाए भने १६१ घाइते भएका छन भने २ चौपायले ज्यान गुमाउनुको साथै १ चौपाय घाइते भएको छ ।

जिल्ला ट्राफिक प्रमुख भण्डारीले टुर्घटनाको संख्या बृद्धि हुनुको मुख्य कारण सडकमा छाडा चौपायको उपस्थिति, सवारी चालकको लापरवाही, ओभर लोड र ओभर स्पिड, पुटपाथमा निर्माण सामाग्री राखिनु र केही हदसम्म सडकको गुणस्तरले हुनसक्ने बताउदै सडक दुर्घटना न्युनिकरणका लागि आफुहरुको सक्रियतामा बृद्धि गरेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया

(Visited 116 times, 2 visits today)

आजको समाचार

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

साताका लोकप्रिय समाचार

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

ट्रेन्डिङ

सुन्दरबजार क्षेत्रको ८ किमि बाटो विवाद टुंगियो

लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको...

ट्रिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

इटहरी । इटहरीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)