Monday, September 27, 2021
Your Ads Here
HomeBreaking Newsसर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन आदेश खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले यसअघिको अल्पकालीन आदेश खारेज गरेको हो । श्रेष्ठले ७ असार २०७७ मा गृह मन्त्रालयको प्रस्तावको निर्णयमा कुनै प्रश्न नउठाएको र सो प्रस्तावमा मन्त्रिपरिषद्बाट निर्णय नै नभएको स्थितिमा श्रेष्ठले ९ असार २०७७ मा अनिवार्य अवकाश पाएको देखिएको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । ‘अवकाश पाएको एक महिनापछि ‘अवधि थप पाऊँ’ भन्ने दाबी प्रथम दृष्टिमा नै निर्विवाद हनन भएको अवस्था नदेखिएकाले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन मिल्ने देखिएन,’ आदेशमा उल्लेख छ ।

श्रेष्ठले अनिवार्य अवकाशमा गएको पत्र पाएपछि सर्वोच्चमा ७ साउनमा रिट दर्ता गरेका थिए । सो रिटमा ८ साउनमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अवकाश दिने निर्णय तत्काललाई यथास्थितिमा राख्न भन्दै जवाफसहित उपस्थित हुन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

श्रेष्ठले एक महिनाअघि सेवाबाट अनिवार्य अवकाश पाएका थिए । सशस्त्र प्रहरी बलमा महानिरीक्षकको सिफारिसम एक वर्ष समयावधि थप्न सक्ने प्रावधान छ । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुनेछ भन्ने उल्लेख छ ।

उनको सेवाअवधि थप्न महानिरीक्षकले मन्त्रिपरिषद्मा सिफारिस पठाएको भए पनि अन्तिम समयमा अनिवार्य अवकाश पाएका थिए । २०७४ असार ९ गते डीआईजीमा बढुवा भएका श्रेष्ठ नम्बर ७ बाहिनीका बाहिनीपति थिए । नियमावलीमा उल्लेख भएअनुसार १ वर्ष पदावधि थप गरिएको भए उनी सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने थिए ।

तपाइको प्रतिक्रिया

(Visited 170 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो
आइतबार...

साताका लोकप्रिय समाचार

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

  पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै...

अनअराइभल भिसा खुलेपछि व्यवसायी उत्साहित

काठमाडौं । बन्द भएको डेढ वर्षपछि सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरिदिएपछि अहिले व्यवसायीमा उत्साह छाएको छ ।...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

ट्रेन्डिङ

एक सय शैयाको आइसोलेशन तयार

सप्तरी, राजविराज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै लगानीमा एक सय शैयाको आइसोलेशन संचालनमा ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका...

विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)