Monday, September 27, 2021
Your Ads Here
Homeबिचारपीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

राजधानी समाचारदाता,
sharethis

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो । परीक्षण दर बढाइएकाले पनि संक्रमण दर बढेको देखिएको हो भन्ने तर्क धेरैको रहे पनि आखिर कोरोना संक्रमण त भुसको आगोझैं भित्रभित्र सल्किरहेकै छ । यसको निदान र उपचार निकै आवश्यक छ । निदानका लागि पीसीआर परीक्षण व्यापक बनाउनु जरुरी छ । त्यसैगरी, उपचारका लागि खोप विस्तार उत्तिकै आवश्यक छ । संक्रमणको संख्या बढी देखिन्छ भनेर परीक्षण नै नगर्नुमा जति गैरजिम्मेवारपन झल्कन्छ । त्यसैगरी, परीक्षण मात्र गर्ने तर खोप विस्तार गर्नमा ढिलाइ गर्नेमा पनि त्यत्तिकै बेवास्ता र लापर्बाही देखिन्छ । यी दुई गलत प्रवृत्ति समयमै हटाउनुपर्छ । यसलाई हटाउन विगतको समीक्षा र वर्तमानको मापनका साथै भविष्यको पनि आँकलन जरुरी छ । यसका साथै कार्यक्रममा चुस्तता र कार्यान्वयनको पनि उत्तिकै आवश्यकता छ । अब प्रचारात्मक आश्वासन र प्रतिबद्धताले मात्र काम गर्ने देखिँदैन ।

बुधबार मात्र आएको २४ घण्टे देशभरको संक्रमण रिपोर्टले मानिसलाई अत्याउने बनाएको छ । यो संक्रमण रिपोर्ट परीक्षण अनुपातमा हेर्दा परीक्षणको लगभग ३० प्रतिशत हुन आउँछ । आँकडा नै लियौं भने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो दिन १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय जना गरी ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको देखिएको छ । त्यसभित्र काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्कोतिर निको हुनेको संख्यामा पनि वृद्धि त भइरहेको छ तर त्यो संक्रमितको बढ्दो संख्यामा कमै देखिन्छ । यसको अर्थ केही पनि हात नलागेको निराशाजनक स्थिति उत्पन्न भयो भन्न खोजिएको होइन । तथापि, संक्रमण परीक्षण र नियन्त्रणको जुन मात्रामा अपेक्षा गरिएको थियो । सो अपेक्षित परिणाम भने हात लाग्न नसकेको साँचो भने हो । संक्रमितको मृत्युदरमा भने केही कमी आएको छ । अक्सिजनको अभावमा मर्नुपर्ने अवस्था सदाका लागि अन्त गरिनुपर्छ ।

अबका आउँदा दिनमा कोरोना संक्रमणको निशानामा बालबालिका पर्ने र यो तेस्रो लहरका रूपमा आउने भनिएको छ । यसको नियन्त्रणका लागि आजैदेखि सतर्कता अपनाउनु जरुरी भइसकेको छ । यसको तयारीका लागि पनि संक्रमण नियन्त्रणको वातावरण आजैदेखि नियन्त्रण हुँदै जानु जरुरी छ । हाल पनि बालबालिकामा संक्रमण नदेखिएको होइन, बुधबार मात्र १० वर्षमुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, ११ देखि २० वर्ष उमेर समूहका २ सय ४५ जना पनि कोरोना संक्रमित हुन गएका छन् । यसको अर्थ विभिन्न उमेर समूहसँगै बालबालिका संक्रमित हुने क्रम पहिलेको भन्दा बढेर गएको छ । सम्भावित तेस्रो लहरको आगमन र बालबालिकामाथि संक्रमणको दरमा वृद्धिको कुराले धेरैलाई निकै सोच्ने बनाएको छ । यसलाई गम्भीरताका साथ लिएर आजैदेखि सतर्कता अपनाउनु बढी बुद्धिमानी हुनेछ । यसका लागि पीसीआर परीक्षणमा व्यापकता र खोपमा विस्तार जरुरी छ ।

तपाइको प्रतिक्रिया

(Visited 61 times, 1 visits today)

आजको समाचार

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

साताका लोकप्रिय समाचार

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

ट्रेन्डिङ

क्वारेन्टिनका सामानसहित बाेकेर ४० जना भागे

 महाेत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित...

शंकर पाेखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)