Monday, September 27, 2021
Your Ads Here
Homeअर्थमध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

दिनेश थापा,
sharethis

 

सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित नगर्न आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साधरण शेयर निस्कासन गरेको थियो । मध्यभोटेकोशी जलविद्युत आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाले जलविद्युत आयोजनालाई पत्र पठाउदै शेयर भर्ने समय थप गर्न र आयोजना प्रभावितहरुलाई कुनै पनि हालतमा शेयरबाट बञ्चित नगर्न आग्रह गरिएको हो ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले जिल्लाबासी र आयोजना प्रभावितहरुका लागि शेयर खुला गरेपनि सूचनाको पहुँच नहुदा दुर्गमबस्तीका आयोजना प्रभावितले शेयर भर्न नपाएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘कतिपय स्थानीयले आर्थिक अभावमा पनि शेयर भर्न पाएका छैनन्,यसले गर्दा आयोजनाबाट वास्तवीक पीडितहरु समस्यामा छन्’ मेयर शेर्पाले भने ‘आयोजनाले जुन उदेश्यका साथग शेयर खुला गरेको छ,त्यो उदेश्य पैसा हुनेहरुका लागि मात्रै भयो ।’

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पनि आयोजनाको लापरवाहीका कारण आयोजनाका वास्तविक पीडितहरुले शेयर भर्न नपाएको गुनासो गरे । आयोजना प्रभावित सबै वडाका स्थानीय यो सुविधाबाट बञ्चित हुनु हुदैन अध्यक्ष पौडेलले भने ‘नगद नहुनेहरुका लागि अन्य वैकल्पिक व्यवस्था गरेर पनि सबैलाई सहभागी गराउनु पर्छ ।’

मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयर भर्नबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाले आयोजनाका अधिकारीहरुसँग बैठक गर्न खोजे पनि आयोजनाले चासो नदिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

‘पैसा हुनेहरुले मात्रै शेयर भरेका छन्, पैसा नहुनेहरुका लागि वैकल्पिक व्यवस्थाका लागि हामी छलफल गर्न आयोजना सँग खोजेका थियौ तर आयोजनाले वास्ता गरेन ।’ मेयर शेर्पाले भने ।

आर्थिक अभाव हुनेहरुका लागि लालपुर्जा लगायत अन्य धितोबन्धक राखेर आयोजनाबाट प्रभावितहरुका लागि शेयर भर्ने व्यवस्थाका लागि आफुहरुले आयोजनालाई आग्रह गरेपनि आयोजनाले सुनुवाई नै नगरेको मेयर शेर्पाले जानकारी दिए ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट भोटेकोशी गाउँपालिकाको १ र ५ तथा बाह्रविसे नगरपालिकाको ५,६,७ र ८ वडा प्रत्यक्ष प्रभावित हुन । गाउँपालिका र नगरपालिकाका दुर्गम बस्तीहरुमा अहिले पनि शेयरको बारेमा कुनै जानकारी नभएको र आफुहरुले वडा तहमा जानकारी गराउनु भन्दा पनि आयोजनाले वास्ता नगरेको मेयर शेर्पाले जानकारी दिए ।

‘आयोजनाको शेयर टाठाबाठाहरुले मात्रै भरेका छन् तर दुर्गम बस्तीकाले आर्थिक अभावमा भर्न पाएका छैनन् ।’ मेयर शेर्पाले भने । ‘हाम्रो क्षेत्रमा आयोजना छ,हामी आयोजना सँग बसेर छलफल गर्न चाहान्छौ तर आयोजनाले वास्ता नै गर्देन ।’ मेयर शेर्पाले गुनासो गर्दे भने ‘आयोजना स्थानीय सरकार र प्रभावितप्रति उत्तरदायी नै भएन ।’ आयोजना प्रभावितहरुका लागि बैंकमा रातो र सेतो फारमको व्यवस्था भएपनि बैंकहरुमा भिडभाडका कारण प्रभावित वडाका स्थानीयले समेत सेतो फारम नै भरिरहेको बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले जानकारी दिइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

आयोजनाको चरम लापरवाहीका कारण मध्यभोटेकोशी आयोजनाको काम अहिले निकै सुस्त रहेको छ अहिलेसम्म ५० प्रतिशत पनि काम नभएको मेयर शेर्पाले बताए । चिनियाँ ठेकेदारसँग मिलेर आयोजनाका कर्मचारीहरु कमाउधन्दामा मात्रै लागेको मेयर शेर्पाले आरोप समेत लगाए । मध्यभोटेकोशी जलविद्युत आयोजनाले बैशाखमा आयोजना प्रभावित र सिन्धुबासीका लागि भन्दै ६० लाख कित्ता साधारण शेयर जारी गरेको थियो ।

लकडाउनको बेलामा शेयर जारी गरेपछि त्यसको चौतर्फी आलोचना भएपछि तत्कालको लागि शेयर भर्न स्थगित गरिएको थियो । केही दिन अघिबाट शेयर भर्न पुन सुरु भएको थियो । साउन १७ गतेसम्म शेयर भर्ने अन्तिम समय रहेको छ । आयोजनाले कूल जारी पुँजीको १० प्रतिशत स्थानीय जिल्लाबासीका लागि सेयर निष्कासन गर्नुपर्ने ‘धितोपत्र सम्वन्धी ऐन २०६३’ मा व्यवस्था बमोजिम सिन्धुपाल्चोकबासीका लागि आईपीओ जारी गरेको थियो ।

मध्यभोटेकोशी आयोजना प्रभावितका सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

हामी केही गर्न सक्दैनौ : आयोजना

आयोजना प्रभावित वडाका स्थानीयका लागि अन्य व्यवस्थाका लागि बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले आयोजनालाई आग्रह गरेपनि त्यसमा आफुहरुले केही गर्न नसक्ने मध्यभोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिए ।

‘यो धितोपत्र ऐन अनुसार शेयर जारी गरिएको हो,पैसा नहुनेहरुका लागि हामीले केही गर्न सक्ने अवस्था छैन ।’ सिवाकोटीले भने ‘उहाँ(गाउँपालिका÷नगरपालिका)हरुले धितो लिएर पैसा दिए भर्न सकिन्छ नत्र सकिदैन । हामीले धितोपत्र नियमावली मान्ने हो, स्थानीय सरकारको नियम मान्नुपर्देन, आफ्ना जनतालाई शेयर भर्न लगाउने हो भने उहाँले नै पैसाको व्यवस्था गर्नुपर्छ ।’ कार्यकारी अधिकृत सिवाकोटीले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

आयोजना सम्बन्धी केही समस्या हो भने आयोजना स्थलका प्रमुखसँग र आफुहरु सँग केही सल्लाह भए केन्द्रीय कार्यालयमा जनप्रतिनिधिहरु आउनु पर्ने सिवाकोटीले बताए । ‘मलाई बिहान भोटेकोशी गाउँपालिकाको उपाध्यक्षले फोन गर्नु भएको थियो, आयोजना सम्बन्धी कुरा भए त्यही गर्नुहोस, केन्द्रीय कार्यालय सँग सम्बन्धित भए यही आउनुहोस भनेर भनेको छु ।’ सिवाकोटीले भने ।

आयोजनालाई स्थानीय सरकारहरुले असहयोग गरिरहेको सिवाकोटीले आरोप पनि लगाए । ‘उहाँहरुले भनेको सबै मानेका छौ,तर विभिन्न वहानामा हामीलाई दुःख दिनु भएन नि ।’ प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले भने ।

२९ करोडको कारोबार

मध्यभोटेकोशी जलविद्युत आयोजनाले शेयर बिक्री उत्साहप्रद रुपमा अघि बढीरहेको बताएको छ । आइतबार बेलुकी सम्म २९ करोड बढीको कारोबार भएको आयोजनाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 354 times, 1 visits today)

आजको समाचार

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

साताका लोकप्रिय समाचार

बलात्कारीलाई १० वर्ष कैद, झुटो बयान दिने पिडितकी आमालाई पाँच हजार जमिाना

दैलेख । दैलेखमा बलात्कारसम्बन्धी घटनामा अदालत पुगेको घटनामा मुद्दाका दुवै पक्षलाई सजाय भएको छ । प्रहरीमा दिएको जाहेरीविपरीत बयान बदलेपछि मुद्दाका दुवै पक्षलाई अदालतले...

सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

  काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

स्रोत नखुलेको रु ९५ लाखसहित पक्राउ

काठमाडौं । स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा...

ट्रेन्डिङ

गज्जबक्रू को तेस्रो म्युजिक भिडियो (भिडियोसहित)

काठमाडौं । गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम...

बागलुङमा पहिरोले घर भत्किँदा एक किशोरीको मृत्यु

बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिदा एक किशोरीेको मृत्यु भएको छ । अबिरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)