Monday, September 27, 2021
Your Ads Here
HomeBreaking Newsटोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

एजेन्सी,
sharethis

 

टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन्। चारै जना पराजित भई प्रतियोगिताबाट बाहिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन् ।

तपाइको प्रतिक्रिया

(Visited 86 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

साताका लोकप्रिय समाचार

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

यो समय, त्यो समय

‘लौ भन्नूस्, के भन्नुप-यो ? सोध्नूस्’ एकैछिनअघि घरको झ्यालमा खाजा खाँदै देखिएका ८६ वर्षीय मानबहादुर महर्जन ‘साक्षात’ हुन आइसकेका छन् । ‘चिया खानु न बा,’ उनीअघिल्तिर...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

ट्रेन्डिङ

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय...

व्यावसायिक खेल जीवनबाट रोबेनको सन्न्यास

आम्स्टर्डम । जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी तथा स्पेनिस क्लब रियल मड्रिडका पूर्व डच स्टार आर्जेन रोबेनले व्यावसायिक खेल जीवनबाट सन्न्यासको घोषणा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)