Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३कालो ढुसीको औषधि पाउनै मुस्किल

कालो ढुसीको औषधि पाउनै मुस्किल

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ । यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो ।

स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो साता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झन्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छैन । हालसम्म कालो ढुसी संक्रमणबाट नेपालमा २० जना बढी बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेन्डरमा प्राइम लाइफ इन्टरनेसनल, आयानबीच प्रतिस्पर्धा थियो । प्राइम लाइफलप्रति भाइल १० हजार ६ सय ९४ रुपैयाँ र आयानले २२ हजार रुपैयाँप्रति भाइल खरिद गर्ने गरी टेन्डर भरेका थिए । प्राइमले भारतबाट र आयानले बंगलादेशबाट औषधि खरिदका लागि प्रस्ताव हालेका थिए । हाल भारत सरकारले हाल ‘कालो ढुसी’का लागि प्रयोग हुने औषधि खरिद प्रक्रियामा रोक लगाएको छ । प्राइमले भारतबाट १० हजार मात्रा ११ करोडमा र सोही मात्रा आयानले बंगलादेशबाट २२ करोड रुपैयाँमा ल्याउने प्रस्ताव टेन्डरमा गरेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

प्राइमका सञ्चालक मुकुन्दराज भण्डारीका अनुसार केही दिनमै भारतले आयात अनुमति दिने बताए । उनले भारत सरकारले जुन महिनामा आयात प्रतिबन्ध लगाएको भन्दै केही दिनमै भारत सरकारले प्रतिबन्ध खोल्ने भन्ने जानकारी प्राप्त गरेको बताए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आमनागरिकको स्वास्थ्य पहिलो विषय भएको भन्दै जिम्मेबार निकाय संवेदनशील हुनुपर्ने बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुगांनाका अनुसार कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने औषधि खरिद प्रक्रियामै रहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 32 times, 1 visits today)

आजको समाचार

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

  लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान...

साताका लोकप्रिय समाचार

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी...

एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

रौतहट । एमसीसी बिरुद्ध आइटी आर्मीले शुक्रबार दिउसो चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ । एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै आइटी आर्मीले चन्द्रनिगाहपुर नगर परिक्रमा...

किन हुन्छन् आफन्तबाटै हत्या ?

काठमाडाैं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंह व्यक्तिगत रिसइबी र आर्थिक असमानताका कारण आफन्तबाटै आफन्तको हत्या...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

देश अब कम्तीमा चार दिन बजेटविहीन, सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व

  काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि...

ट्रेन्डिङ

डायलासीस गराउने मृगाैलाका ६ जना बिरामीसहित थप १६ मा कोरोना संक्रमण

सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नियमित डायलाइसिस गराउँदै आएका ६ जना मृगाैलाका बिरामी  सहित सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण फेला...

भारतीय गोठालाको आक्रमणबाट एक नेपालीको मृत्यु

सप्तरी, राजविराज । भारतीय यूवाहरुको कुटपिटबाट सप्तरीको एक जनाको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । । सप्तरीको डाक्नेश्वरी नगपालिका ६...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)