सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका दिएनन् । क्यान्सरमा सुधार आएर फिल्ममा जोडिएका यी अभिनेता त्यसपछि कोराना भाइरसको सिकार भए । कोरोनाका कारण उनले विदेशमा क्यान्सरको थप उपचार गर्न जान पाएका छैनन् । यतिबेला यी अभिनेताको मुम्बईमै क्यान्सरको थप उपचार भइरहेको छ ।

बिहीबार आफ्नो ६२औं जन्मदिन मनाउँदै गर्दा यी अभिनेताले आफू अब चाँडै फिल्मको छायांकनमा जोडिने बताएका छन् । दर्शक र शुभचिन्तकको हौसलाले आफ्नो स्वास्थ्य विगतको तुलनामा धेरै राम्रो भएको यी अभिनेताको कथन छ । आफूले क्यान्सरलाई जित्दै गएको पनि उनले बताएका छन् ।

यी अभिनेताले नयाँ फिल्म केजीएफ–२ को छायांकन सम्पन्न गरिसकेका छन् । क्यान्सरको उपचार गर्दै उनी यो फिल्मको छायांकनमा जोडिएका थिए । उनी बिरामी भएपछि केही समय छायांकन रोकिएको केजीएफ–२ को सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । अब यो फिल्म प्रदर्शनको तयारीमा छ । आफू यो फिल्मबाट निकै आशावादी रहेको पनि यी अभिनेताले बताएका छन् ।

क्यान्सरसँग पौंठेजोरी गर्दै सञ्जयले अर्को फिल्म अधीरको छायांकन पनि सम्पन्न गरे । यो फिल्मको फस्ट लुक्स पनि आएको छ । यसलाई पनि दर्शकले रुचाएका छन् । यतिबेला सञ्जयको अरू तीनवटा फिल्मको छायांकन रोकिएको छ । स्वास्थ्यमा सुधार आएपछि उनले यी फिल्ममा जोडिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन