Monday, September 27, 2021
Your Ads Here
Homeखेलएन्फाको आकस्मिक बैठक आज

एन्फाको आकस्मिक बैठक आज

राजधानी समाचारदाता,
sharethis

काठमाडौैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक बैठक आज (शुक्रबार) बस्दै छ । पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै एन्फाको आकस्मिक बैठक बस्न लागेको हो । बैठकमा साफ च्याम्पियनसिप आयोजना र राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पकंज विक्रम नेम्वाङको कारण राजीनामा दिनुपर्ने स्थिति आएको आरोप लगाएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न एन्फाले केन्द्रीय कार्यसमितिको आपत्कालीन बैठक डाकेको छ ।

पछिल्लो घटनाक्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रीय समितिको आपत्कालीन बैठक बोलाएको हो । ‘पछिल्लो घटनाक्रम र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरी दुई विषयमा छलफल गर्न शुक्रबार ४ बजेका लागि आपत्कालीन बैठक बोलाइएको छ ।’ एन्फा प्रवक्ता किरण राईले भने ।

अलमुताइरी र साफ च्याम्पियनसिप मुख्य एजेन्डा

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको थियो । अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरी आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रीय समितिको बैठक माग गरेका छन् ।

एन्फाले अनौपचारिक रूपमा नेम्बाङ र अमुताइरीका बीचमा सहमतिका लागि गरिएको प्रयास पनि असफल भएको बुझिएको छ । अलमुताइरीले बिहीबार आफूसँग नेम्बाङले माफी माग्नुपर्ने मागपत्र बुझाएको छ । तर, नेम्बाङ भने त्यो स्विकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत बिनाकारण आफूमाथि गम्भीर आरोप लगाएका कारण त्यसमा छानबिन हुनुपर्ने माग राखेका छन् । छानबिनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।

एन्फा अध्यक्षलाई सोमबार पत्र लेख्दै नेम्बाङले सामाजिक सञ्जालमा आफ्नो बदनाम गरेको हुँदा के कति कारणले अलमुताइरीलाई नाटक गरे र के कति कारणले राजीनामा दिनुप¥यो आवश्यक छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न अनुरोध गरेका छन् । साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भए पनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन् । एन्फाले अहिले पनि अनौपचारिक छलफलाई अघि बढाएपछि ठोस निष्कर्ष निकाल्न सकेको छैन । उनलाई यस विषयमा निर्णय नआउन्जेल विश्राम दिइएको छ ।

दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले आइतबार नै आधिकारिक प्रस्ताव पाएको थियो । आपत्कालीन बैठकमा यो विषयमा पनि छलफल हुने प्रवक्ता राईले जानकारी दिए । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 41 times, 1 visits today)

आजको समाचार

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

साताका लोकप्रिय समाचार

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

ट्रेन्डिङ

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ...

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)