Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksबाजुराको प्याज गनाउँने गाउँ

बाजुराको प्याज गनाउँने गाउँ

निमेन्द्र शाही,
sharethis

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन । यस्तो अवस्थामा बाजुराका किसानले उत्पादन गरेको प्याज भण्डारन अभावले बारीमै कुहिएर गइरहेको छ भन्ने सुन्दा धेरैको मन दुख्ला ।

तर यथार्थ के हो भने ‘गहुँ फल्ने खेतमा प्याज लगाउँदा फाइदा हुन्छ भनेर यस बर्ष बाजुरा स्वामी कार्तिक खापर–१ का किसानले प्याज लगाए । प्याज अचाक्ली फल्यो, घरभित्र राख्ने ठाउँ भएन । प्याजको जाकले गाई गोठसमेत भरियो । नजिकको बजारमा लैजाउ भने गाउँले सबैले प्याज खेती नै गरेका छन् टाढा लैजान बाटो छैन’ स्थानीय हंशबहादुर बिकले पिरलो पोखे ।

बिकले थपे ‘अन्न भए केही भकारीमा राखौं केही खाएर चाँडो सकौं भन्नु, प्याज छाक टार्ने खानाका रुपमा पनि नमिल्ने । गहुँको सट्टा खेतमा प्याज रोपेर फर्साद भयो, अब समयमा बजार लिन नसकिने हो भने डुबिने भएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आर्थिक वर्ष स्वामी कार्तिक खापर गाउँपालिका–१ बाउँनीलाई प्याजको पकेट क्षेत्रका रुपमा बिकास गर्ने कार्यक्रम आएपछि गाउँलेले प्याज भण्डारण र गाउँमा रहेको १२ हेक्टर जमिनमा प्याज खेती लगाएका थिए । प्याज सोचेभन्दा धेरै उत्पादन भयो, भण्डारण गर्ने ठाउँ भएन । प्याज कुहिएपछि गाउँ पूरै प्याज गनाउने थालेको छ ।

गाउँका एक दुई जनाले होइन, ४० परिवारले प्याज खेती गरेका छन् । ‘अन्न फल्ने खेतभरि प्याज लगाएका थियौं, धेरै फल्यो बजारीकरणको समस्या भएको छ । गाउँमा धेरै प्याज कुहिएको छ । बाँकी रहेको प्याजसमेत कुहिने होकी भन्ने चिन्ता बढेको छ ।’ अर्काै किसान सतल बिकले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

‘गाउँमा प्याज खेती गरेर आम्दानी हुने अभियान सञ्चालन गरियो । अभियानअनुसार प्याज पनि फल्यो । तर, प्याज बजारमा लैजान नसक्दा कुहिन थालेको छ । लकडाउन अगाडी घरमा राख्ने ठाउँ नभएर स्कुलमा राखेका थियौं, तर स्कुल सञ्चालन हुन थालेपछि कहाँ राख्ने चिन्ता भएको छ’ रमेश बिकले भने ।

‘गाउँमा सबैभन्दा बढी मैले प्याज फलाएको थिएँ, खेतबाट बोकेर घर ल्याउँदा ६० कुइन्टेल प्याज रहेछ । घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो, आधाभन्दा बढी सुकाउने ठाउँ नभएपछि कुहिर खेर गयो, पैसा समाउने बेला आफ्नो सम्पत्ति कुहिदा मन सारै रोएको छ । गाउँभरि प्याज कुहिएर गनाउँने भएको छ’ दिपक बिकले गुनासो गरे ।

स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि शाखा संयोजक नरेशकुमार रोकाले भने ‘प्याजको एउटा दाना एक केजी सम्मको छ । हामीले सोचे भन्दा धेरै प्याज फलेको छ । गाउँमा सुकाउने व्यवस्था नहुँदा सडेर गनाउने भएको छ । हामीले जिल्लालाई खबर गरेका छौं, केही दिनमा समाधान होला ।’

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले किसानको समस्या बारे भने ‘किसानले सोचे भन्दा बढी प्याज फलाएका छन् । त्यसको ब्यवस्थापनका लागि हामीले ढुवानी प्रबन्ध मिलाई रहेका छौं । बर्षादका कारण बाटो बिग्रेर ल्याउँन सकिएको छैन । अब बाटो खुल्न अगाडी खच्चरबाट समेत ढुवानी गर्ने कि भन्ने योजना बनाइरहेका छौं । किसानको समस्या सम्बोधन गर्ने तयारीमा छौं ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

तपाइको प्रतिक्रिया

(Visited 79 times, 1 visits today)

आजको समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

साताका लोकप्रिय समाचार

गाडीभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि...

बालदिवसको अन्तर्राष्ट्रियस्तरमा सार्थकता

प्रत्येक वर्षको नोभेम्बर २० तारिख दिन अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइन्छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकारसम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर...

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् प्रचण्डलाई

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । प्रमुख प्रतिपक्ष एमाले...

एमालेलाई वार्तामा आउन सभामुखकाे आग्रह

  काठमाडाैं ।  सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । आइतबारको बैठकमा एमाले सांसदले संसद बैठकमा अवरोध गरेपछि...

ट्रेन्डिङ

गाउँका सिहदरबारमा नरोकिएको विकृति

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा नै निर्भर छ । जनताको सबैभन्दा...

प्रदेश २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

जनकपुरधाम । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)