Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksसप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

२७ हजार दोश्रो डोजको पर्खाईमा, अझै ६ लाख डोज आवश्यक

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् ।

२७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई सकेपनि दोश्रो मात्राको पखाईमा छन् । भारतबाट आउने कोभिशिल्ड आएपछि बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो मात्रा लिइसकेका २७ हजार जनालाई खोप आउन ढिलाई भएकाले दोश्रो मात्रा दिन समय लागेको बताए । यसबारे मन्त्रालयमा पहल गरिएको उनको भनाई छ ।

कोभिशिल्ड खोप भारतमा उत्पादन भईरहेको र नेपाल सरकारले ल्याउने पहल गरिरहेको उनले बताए । उनका अनुसार चिनबाट प्राप्त भेरासिल खोपको दुबै डोज भने जिल्लाका ४० हजार जनाले हाल सम्म लिई सकेका छन ।

यस्तै अमेरिकाबाट उत्पादित जोन्सन एण्ड जोन्सनको पुर्ण डोज १७ हजार जनाले पाई सकेका छन । उक्त खोप ३५ हजार प्राप्त भएकोमा शुक्रवार सम्म १७ हजार जनाले पाई सकेका छन, उनले भने, बाकी रहेका १८ हजार खोप साउन १७ गते देखी विभिन्न पालिकामा प्रदान गरिने तयारी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वायु प्रदूषणको अवस्था खतरनाक

उनले जिल्लमा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक परेपनि हाल सम्म कुल जनसंख्याको करिब ९ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको जानकारी दिए । कोरोना भाईरसको उपचारका लागि निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए ।

खोपप्रति पहिलो चरणमा हिच्किचाहट र संकोच देखिएपनि अहिले नागरिकको उत्साहप्रद सहभागिता देखिएको तथा अधिकाँस खोप केन्द्रमा भीड ब्यवस्थापन गर्न हम्मे हम्मे परेको उनको भनाई छ ।
सप्तरीमा कोरोना भाईरसको संक्रमण शूरु भए देखि हाल सम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी
१ सय ५७ जनाको मृत्यु भई सकेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 46 times, 1 visits today)

आजको समाचार

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

साताका लोकप्रिय समाचार

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

रानीको मायाले नै हो

काठमाडौं। रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाँले नै हो’ लिएर प्रस्तुत भएकी छिन । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

ट्रेन्डिङ

असिनापानीले पाकेको बाली नष्ट

बैतडी । असिना पानीले बैतडीका बिभिन्न ठाउँमा किसानको खेतमा पाकेको बाली र तरकारी नष्ट गरेको छ । अविरल बर्षासँगै आएको असिनाले गहुँ, जौ बाली,...

अभिनेत्री मनीषाको पक्षमा नेपाली चलचित्रकर्मी

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्साको समर्थनमा ट्वीट गरेकी अभिनेत्री मनीषा कोइरालामाथि विभिन्न आरोपसहित भारतीय मिडिया खनिएका छन् । नेपाली चलचित्रकर्मी तथा संगीतकर्मीले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)