Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैकाङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद थाती नै छन् । विवाद समाधानका लागि आज बिहानदेखि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुट्नुभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै बाँकी रहेको र पार्टीको समायोजन तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई दिनुपर्ने सदस्यताका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीलगायत जिल्लाका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मिटर ब्याजको जालो : न जमिन रह्यो, न पैसा

काङ्ग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । यद्यपी क्रियाशील सदस्यताको काम बाँकी रहेका कारण यही साउन १२ गतेको गाउँ/नगर वडाअधिवेशन प्रभावित भइसकेको छ । काङ्ग्रेसले यसअघि गाउँ/नगरवडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकेको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

रासस

तपाइको प्रतिक्रिया

(Visited 47 times, 1 visits today)

आजको समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

साताका लोकप्रिय समाचार

पाल्पा खस्यौलीको खुदो संस्कृति

गुल्मीमा एउटा प्रसिद्ध उखान छ, ‘दिगाम जानु खुदाको पाहुर ।’ दिगाममा प्रशस्त खुदो उत्पादन हुने हुँदा त्यहाँ खुदोको कोसेलीप्रति रुचि हुँदैन भन्ने अर्थमा यो...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

१६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन बजेट

काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक...

कोमल वली भन्छिन् : दुईजिब्रे अग्नि सापकोटालाई सभामुखकाे कुर्चिमा बस्ने अधिकार छैन

  काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि...

ट्रेन्डिङ

भेरी अस्पतालमा कोरोना संक्रमित युवतीको मृत्यु

नेपालगन्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी...

कालो बजारी गरेको आरोपमा जनकपुरमा को को पक्राउ परे ?

जनकपुरधाम । आलु र प्याजको कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको तिनीहरुले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)