Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

सुभाष साह,
sharethis

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ ।

आयोगको निर्णयपश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हँुदै छ । तर, ठाकुर–महतो पक्ष अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै व्यस्त छ ।

ठाकुर निकटका नेता सर्वेन्द्रनाथ शुक्लले आयोगको निर्णयपश्चात् कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू आन्तरिक छलफलमै रहेको बताए । शुक्रबार ठाकुर–महतो पक्षका कार्यकारिणी समितिको बैठक बसेर गम्भीर छलफल भएको छ । आयोगको निर्णयअनुसार अब ठाकुर–महतो पक्ष नयाँ दल दर्ता गरी संगठन निर्माणसँगै जनतामा पुग्ने निष्कर्षमा पुगेको जनाइएको छ ।

ठाकुर पक्षले शुक्रबार नै निर्वाचन आयोगको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ । राजपा र समाजवादी पार्टीबीच एकीकरणपश्चात् बनेको जसपामा प्रथम वरीयताको अध्यक्ष ठाकुर रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ ।

‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकाले मसमेत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ’ ठाकुर पक्षद्वारा जारी रिट निवेदनमा उल्लेख गरिएको छ ।

यसअघि निर्वाचन आयोगले ११ साउनमा ‘हेड काउन्ट’ गर्दै यादव पक्षलाई आधिकारिता दिने निर्णय गरेको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना यादव पक्षमा र १६ जना ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा
महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत उहाँ अस्वीकार गरेर मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरूले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यति हो’ ठाकुर निकटका नेता शुक्लले भने ।

जसपाभित्र विवाद चर्किएका बेला ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादवको एक संयुक्त विज्ञप्ति आयो । जसमा भनिएको थियो, ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अघि बढ्न सकिनेछ ।’

यस सहमतिपश्चात् ठाकुर र यादवबीचको विवाद समाधान हुने विश्वाससहित ठाकुर प्रधानमन्त्री हुने वातावरण बनेको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतले प्रधानमन्त्री हुन ठाकुरलाई प्रस्ताव गरेका थिए ।

गठबन्धनको सरकार बनाउन कसरत भइरहेका बेला अध्यक्ष प्रचण्डले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि कांग्रेसका वरिष्ठ नेता पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए । प्रधानमन्त्री बन्ने अवसर ठाकुरलाई आए पनि उनी विशेषगरी मुद्दा सम्बोधनमा केन्द्रित भएको जसपा नेताहरू बताउँछन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

शुक्लका अनुसार उनले त्यतिबेला मुद्दा छोडेर प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको भए राजनीतिक कोर्स पनि बेग्लै हुने थियो । तर, त्यसो नभएको बताउँदै यसबीचमा ठाकुर र महतोकै पहलमा मधेसका केही माग सम्बोधन भएको उनले बताए । मुद्दा फिर्तादेखि संविधान संशोधनका लागि सरकारी स्तरमा समिति गठन, नागरिकतासम्बन्धी अध्यादेश आउनु उपलब्धि नै रहेको ठाकुर पक्षका नेताको बुझाइ छ ।

‘हिजोको दिनमा संविधान संशोधन गर्न भनेपछि आवश्यकता र औचित्यका आधारमा गर्ने भन्ने ओलीसमेत संशोधनका लागि तयार हुनु र नागरिकतासम्बन्धी अध्यादेश ल्याउनु राम्रो पक्ष नै हो,’ शुक्लले भने, ‘कोही कोही त सम्झौता गरेर भए पनि सरकारमा गए तर केही गर्न सकेनन् । हामी सरकारमा सहभागी नभई मुद्दा सम्बोधनतर्फ लाग्नुले मधेसको जनमत हामीसँगै छ ।’

मधेसको मुद्दा बोक्नेसँगै जनमत हुने कि सम्झौता गर्ने र सत्तामा रमाउनेसँग जनमत हुन्छ भन्ने निर्णय आउने निर्वाचनबाट हुने उनले बताए ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर ठाकुर अहिले राजनीतिक दलविहीन अवस्थामा पुगे पनि मुद्दा ठाकुरसँगै रहेको बताउँछन् । मधेसका मुद्दा सम्बोधनका लागि धेरै कुरा त्याग गरेका ठाकुरले ओलीको पछिल्लो कदमलाई सहयोग गर्नू ठीक नभएको बताए ।

‘ठाकुरजीसँग मधेसका मुद्दा छन् तर उपेन्द्रजीसँग सत्ता छ । हिजो धेरै कुरा त्याग गरेर मधेसका मुद्दा सम्बोधन गराउन ठाकुरजी लाग्नुभयो । तर, सम्झौता गरेर ओली सरकारमै सहभागी उपेन्द्रजीले केही गर्न सक्नुभएन,’ चन्द्रकिशोरले भने, ‘तर प्रतिनिधिसभा विघटनको पक्षमा दोस्रोपटक उभिनु ठाकुरजीको निर्णय गलत थियो ।’

मधेसको जनमत कसको पक्षमा ?
स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अबको एक वर्षमा हुँदै छ । यसैबीच नेपाली राजनीतिक वृतमा मधेसको जनमत कसको पक्ष हुने चर्चासमेत सुरु भएको छ । निर्वाचन आयोगको निर्णयसँगै मधेसको सशक्त पार्टी विभाजन भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

‘महन्थजी परिपक्व र सादगी नेता हो । उहाँ अकस्मात राजनीतिमा नआएको र अरूहरू भने २०६२÷६३ पछि राजनीतिमा आएकाले महन्थको तुलना अन्यसँग हुनै सक्दैन,’ नेता शुक्लले भने । अहिले पनि मधेसका मुद्दा ठाकुर–महतोले नै बोक्ने भएकाले मधेसको जनमत पनि उनीसँगै रहेको जिकिर उनले गरे ।

अध्यक्ष यादव निकटका जसपा नेता प्रमोद गुप्ताले पार्टी विभाजन नभएको बताउँदै जसपा मधेसमा झन्झन् बलियो भएको दाबी गरे । पहिलेभन्दा बढी अहिले मधेसमा जसपा बलियो भएको बताउँदै गुप्ताले हिमाल पहाडमा बलियो पार्टी बन्दै गएको बताए ।

तर, राजनीतिक विश्लेषक चन्द्रकिशोर मधेसको जनमत बेग्लै रहेको बताउँछन् । मुद्दाका हिसाबले मधेस एजेन्डा ठाकुर र महतोसँग भएकाले जनमत पनि उतै जाने निश्चित छ । विगतलाई हेर्ने हो भने उपेन्द्रजीको सम्झौता गर्दै सरकारमा जाने तर मधेस मुद्दा बिर्सने बानी छ,’ विश्लेषक चन्द्रकिशोरले भने ।

जसपाका नेता एवं बुद्धिजीवि सत्यनारायण मण्डलले मधेस मुद्दा सम्बोधनका लागि नेताहरू एकजुट हुनुको विकल्प नभएको बताए । विभाजित भएर मधेसका मुद्दा सम्बोधन नहुने बताउँदै उनले अहिले पनि केही नबिग्रेकाले नेताहरूले आत्मालोचना गर्दै पार्टीलाई एकजुट बनाउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया

(Visited 112 times, 1 visits today)

आजको समाचार

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

साताका लोकप्रिय समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

  चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार...

फर्नान्डेज युएस ओपनको फाइनलमा

न्यूयोर्क । क्यानडाकी टिनएजर लेला फर्नान्डेज युएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन् । अमेरिकाको न्युयोर्कमा शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा दोस्रो वरियताकी एरिना साबालेन्कालाई...

नेपालको हित विपरित भए एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

  नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे...

रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे

  संखुवासभा ।  गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी...

ट्रेन्डिङ

राहतका लागि खरिद गरिएको चामल खाल्टामा

दैलेख । नौमुले गाउँपालिकाको गोदाममा रहेको १५५ बोरा चामल गाडिएको छ । कोरोना महामारी र असिना पिडित लागि खाद्य संस्थानबाट लिएको चामल वितरण नहुँदा...

सीजीकाे इन्टरनेट सेवा : ९९९ मा १ सय २० एमबीपीएस इन्टरनेट

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरेको छ । कम्पनीले मंलबारदेखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)