नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

‘स्वतन्त्र छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ ।’ एन्फा कार्यसमितिको आपात्कालीन बैठकपछि एन्फा प्रवक्ता किरण राईले भने, ‘बैठकमा केही ठूलो स्वर भए पनि सौहार्द वातावरणमै सम्पन्न भएको छ । वरिष्ठ उपाध्यक्ष र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादलाई निष्पक्ष छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई दिने निर्णय भएको छ । आशा छ ।

त्यहींबाट निचोड निस्कनेछ ।’ यस्तै बैठकले तत्कालका लागि प्रशिक्षकलाई प्रशिक्षणमा बोलाउने निर्णय भएको प्रवक्ता राईले बताए । बैठकमा अलमुतारीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठ्यारो पर्ने बताएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्केका थिए । त्यसअघि अलमुताइरीलाई पनि बैठकमा आफ्नो पक्ष राख्न बोलाइएको थियो ।

वरिष्ठ उपाध्यक्ष र सञ्चारकर्मीको निवेदन वाचन गर्दा अलमुताइरी रिसाएर बैठकबाट निस्केको नेम्बाङले बताएका थिए । अलमुताइरीले दुई जना सञ्चारकर्मीले आफूलाई टर्चर दिएको र त्यसबाट असुरक्षित महसुस गरेको अरोप लगाएका थिए । उनले एन्फाले आफ्नो सुरक्षा नगरेको समेत जनाएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले संस्थाले संस्थागत निर्णय नगर्दा यो परिणाम आएको बताए । ‘एन्फाले नेपाली फुटबलको हकहितमा स्पष्ट धारणा ल्याउनुपर्ने हो । विदेशी प्रशिक्षक हो भन्दैमा जे पायो त्यही गर्न छुट दिन नहुने । संस्थाले जटिलतातर्फ होइन छिटो समाधान निकाल्नुपर्छ ।’ उपाध्यक्ष वीरबहादुर खड्काले बैठकमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिले तत्काल प्रशिक्षकलाई कारबाही गर्न नसक्ने बताएपछि बाहिर निस्किएको र हामी पनि नेपाली फुटबल बचाउने र अहिले कारबाही गर्न नसक्ने, नेपाल फुटबल नबिगार्न अध्यक्षले जे निर्णय गर्छ त्यो मान्ने बताए ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छाबिनका लागि अलग अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि एन्फा केन्द्रीय समितिको आपत्कालीन बैठक बसेको थियो । गत साता बिहीबार आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । यद्यपि, उनले लिखित राजीनामा भने दिएका छैनन् । अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरी आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपमा सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रीय समितिको बैठक माग गरेका थिए ।

नेम्बाङको मागअनुसार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रीय समितिको आपत्कालीन बैठक डाकेका हुन् । यस्तै बैठकले अक्टोबर पहिलो साता हुने साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने १० करोड बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने र उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न नेपाल सरकारबाट स्रोत सुनिश्चिता प्रतिबद्धता पत्रसहित प्रतियोगिता आयोजना गर्न ५ करोड प्रदान गर्ने निर्णय भएको बताए ।

महिला राष्ट्रिय टोलीले एएफसी वुमन्स एसियन कप २०२२ को छनोट खेल अघि तयारीस्वरूप इरान अथवा अन्य टोलीसँगको मैत्रीपूर्ण खेलका लागि तयारी भइरहेको बताए । यस्तै साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष राष्ट्रिय टोलीलाई बंगलादेश, भारत र सिंगापुरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव अघि बढाइएको बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !