Monday, September 27, 2021
Your Ads Here
Homeभर्खरैफिक्सन : पेन्सिल

फिक्सन : पेन्सिल

युमाश शेर्पा,
sharethis

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ ।

‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु है !’ झन्डै ६ वर्ष टेक्न लागेका अनुज आफ्नी आमासँग लाडे पल्टिँदै छ ।

उसकी ‘मम्मी’ भान्छातिर व्यस्त छिन् । छोरोको झिनो आवाज सुनिइरहेकी सुनिती हल्का झर्किएझैं गर्छिन्,
‘फेरि पेन्सिल, हिजोको खै त ?’

अनुज टाउको कन्याउन थाल्छ । अनि, ठुस्स पर्छ । छोरोको निन्याउरो अनुहारले सुनितीको मातृहृदय क्षणभरमै पग्लन्छ ।

‘हुन्छ बा हुन्छ, भरे दुईटा पेन्सिल किन्दिउँला, हस् !’ हातमा काइँयो लिएकी सुनिती छोरोछेउ जानेक्रममा भन्छिन् । अनुजलाई च्याप्प काखी च्यापेकी उनी छोराको कपाल कोर्न थाल्छिन् ।

लेखक : युमाश शेर्पा     

‘इरेजर पनि है…मम्मी !’ अनुज फुरुंग पर्छ ।

‘हुन्छ बा हुन्छ,’ सुनिती छोरोको इच्छा आत्मसात गर्छिन् ।

घरभित्र चारैतिर दौडिरहने अनुज तीन कक्षमा पढ्छ । सानै छ, तर बुझक्कड छ । नजानेको सोध्छ । धेरै खोज्दैन, सानै चीजमा पनि रमाउँछ ।

‘मम्मी, इसुल जान ढिला भइसक्यो,’ कलिलो ओठ गोलो पार्दै अनुज हतारिन थाल्छ । ऊ आमालाई बारम्बार सचेत गराइरहेको छ । सुनिती बिहानी धन्दामै व्यस्त छिन् ।

हिजोअस्ती सखारै चर्किसक्ने घाम आज धुर्मैलोको धुर्मैलै छ । निला आकाशमा बादलका काला धब्बा झन्झनै मडारिँदै छ । याम गर्मीको भए पनि वातावरण चिसो छ ।

‘छोरो यो लगाऊ बा, आज चिसो छ,’ दराजबाट सूइँटर झिक्दै गरेकी सुनिती भन्छिन् ।

 

‘नाई…भरे गल्मी (गर्मी) हुन्छ,’ अनुज सूइँटर लगाउन मान्दैन ।
सुनिती पनि खासै कर्कर गर्दिनन् । उनी छोरोको ‘नाई’मै खुसी हुन्छिन् । सूइँटर दराजमै थन्किन्छ ।

‘होम्मर्क सबै ग-यौं त ?’ छोरोको स्कूलब्याग थपथपाउँदै सुनिती सोध्छिन् ।
‘गरिसकें…’ दूध पिउँदै गरेका अनुज एकै सासमा भन्छ ।

आज छोरोप्रति सुनितीभित्र बेग्लै अनुग्रह छताछुल्ल भइरहेको छ । हिजोअस्ती यस्तो अनुभूति भएको थिएन । आज किन हो कुन्नी ? उनलाई मायालु छोराका सबै शब्द प्रिय र स्वीकार्य लागिरहेको छ ।

‘अनुज, इस्सुल जाने हैन ?’
बाहिर ढोकैबाट उसका साथी चिच्याइरहेका छन्,
‘अनुज…अनुज, दादा…,’

कलिला नानीका सामूहिक आवाज एकसाथ भित्रतिर हुर्रिन्छ । स्कूल झोला बोकेका उत्साहित अनुज साथीहरू भएतिर दौडियो ।

‘ए…विस्तारै…लड्छ,’ सुनिती पनि छोरोको पछिपछि लाग्छिन् ।
‘मम्मी, गाडी कतिखेर आउँछ ?’ (अनुज)

साथीहरूको आड पाएको अनुजलाई ‘स्कूल कहिले पुगुँला ?’ भएको छ ।

‘आइहाल्छ नि, किन आत्तेको ?’ सुनिती छोरोप्रति आलादित सुनिइन् ।
उनलाई आज छोरो स्कूल पठाउने उत्ति मन मानिरहेको छैन । तर, अनुजको ‘स्कूले रहर’ पन्छाउन सक्ने हिम्मत पनि त छैन, उनमा ।

‘बाबु, आज स्कूल नजाऊ न हुन्न !’ सुनितीले बल्ल वाक्य झारिन् ।
‘किन मम्मी ? नाई म त जान्छु,’ अनुज मान्दैन ।

स्कूल जान तम्तयार नानीहरू गाडी आउने बाटोतिर आँखा तन्काइरहेका छन् । सधैंजसो बिहानीपखको बाटो उनीहरूकै कारण फुलबारी बन्ने गर्छ । उनीहरूको उपस्थितिमा बगैंचामा रंगीविरंगी फुल झुम्मिरहेको प्रतीत हुन्छ । सिनवारी गाउँ उनीहरूबिना शून्य र निशाचर लाग्छ पनि ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

‘दिदी, यिनीहरू स्कूल गएपछि त गाउँ नै शून्य हुन्छ है !’ सुनितीकी छिमेकी बहिनी पार्वती नानीहरूतिर हेर्दै भन्छिन् ।

‘त्यही त,’ सुनिती मन्द हाँस्दै बोलिन् ।

‘दिदीलाई सञ्चो छैन कि क्या हो ?’ निधारमा हात राखिरहेकी सुनितीतिर हेर्दै पार्वतीले सोधिन् ।

‘अँ…अलि सञ्चो नभएजस्तो भइरहेको छ,’ नाक सुक्कसुक्क पार्दै सुनिती बोलिन् ।
‘आज यिनीहरूलाई लिन आउन नि कति ढिला गरेको हो ?’ पार्वतीले प्रसंग मोडिइन् । अनुजतिर हेरिरहेकी सुनिती मौन देखिन्छिन् ।

पर्तिरबाट बल्ल एउटा टेम्पो आउँदै गरेको देखिन थाल्यो ।
‘पहिल्यै भरिसकेको टेम्पोमा अब कति पो नानी अट्लान् र ?’ भरिभराऊ टेम्पो देखेर गाउँलेको मनमा चिसो पस्छ । सुनितीभित्र पनि बेग्लै चिन्तन र चिन्ता मडारिरहेका छन् ।

‘मम्मी गाडी आयो,’ अनुज उफ्रिँदै रमाउन थाल्यो ।

‘गाडी आयो, गाडी आयो’ भन्दै अरु नानी पनि झोला उचाल्दै खुसी भए ।

टेक्पो छेउमै आइपुग्यो । स्कूले नानी मुखामुख गर्न थाले, ‘कहाँ कसरी बस्ने ?’ उनीहरूलाई कोचकाच पारेर टेम्पो हुइँकिन्छ ।
सुनिती टेम्पो ओझेल नपरिञ्जेलसम्म हेरिरहन्छिन् । टेम्पो देख्न छोडेपछि रित्तो मन लिएर उनी घरभित्र पस्छिन् ।

‘ओ…हो, यो यहीँ बिर्सेर गएछ,’ अनुजले टेबुलमाथि नै बिर्सेर गएको पेन्सिल टाछ्ने कटर देखेर सुनिती बर्बराइन् । हत्त न पत्त उनी बाहिर आउँछिन् । टेम्पो गएतिर नजर फाल्छिन् । धुलौटे बाटो फगत शून्य छ ।

‘दिदी…दिदी…’ सुनिती घरभित्र के छिरेकी थिइन् । अनायासै पार्वती आत्तिएको सुनिइन् । हड्बडाएकी पार्वती देखेर सुनिती रनभुल्लमा परिन् । उनले ठ्याक्कै ठम्याउनै सकिनन्, आखिर के भयो ?

‘दिदी…टेम्पो !!!’ पार्वती बोल्न सकिनन् । अवाक उनी थचक्क बस्न पुगिन् ।
क्षण भरअघिको सुन्दर सिनवारी गाउँ कोलाहलमा बद्लिन्छ । चारैतिर दौडधूप सुरु हुन्छ । ‘कहाँ के भयो ?’ कसैले भेउ पाउनै सकिरहेका छैनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

‘स्कूलको टेम्पो नहरमा खस्यो रे !’ गाउँभर खल्याङबल्याङ मच्चियो ।

सुनितीको छात्ति ढक्क फुल्छ । थुचुक्क परेकी पार्वती विस्तारै उठ्न खोज्छिन् ।

‘अनुज…’ दबिएको आवाज सुनितीबाट निस्कन मुश्किलै पर्छ । छोरोको मायालु आवाज र अनुहार आँखाभर नाच्न थाल्छ । चिन्तित तरेली मनमा तरंगिँदै छन् ।

‘बाबु…’ अश्रुधारा बगाउँदै अनुजका बुबा विकास पनि देखापरे । उनी युद्धमा पराजित सिपाइँझैं निरीह छन् ।

सर्वत्र सन्नाटा । शोकमा डुबेको छ, सिंगो सुनवल गाउँ । बगैंचाका प्रसून पनि मुर्झाएका छन् । हाँसोका पंख फट्कार्ने नानीहरूका खुसी क्षणभरमै विलिन भएको छ । टेम्पोमा सवार १३ निर्दोष उनीहरू एकै चिहान भएका छन् ।

‘बाबु !’
बोली फुट्न सक्दैन । आँट पोलिरहेको छ ।

‘अन्याय भो, अति नै भयो, दोषीमाथि कारबाही गर,’ फरार टेम्पो चालकलाई कारबाही माग गर्दै गाउँ उर्लेको छ ।

निकै समयदेखि घोप्टो परेकी सुनितीले आफ्नो शिर उठाउन सकिरहेकी छैनन् । भित्तामा टाँगिएको अनुजको मुस्कानी तस्बिरले हृदय छियाछिया पारिरहेको छ । सुनितीको कानमा अनुजका अन्तिम वाक्य बारम्बार गुञ्जिरहेकै छ, ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु है !’

तपाइको प्रतिक्रिया

(Visited 94 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

साताका लोकप्रिय समाचार

बलात्कारीलाई १० वर्ष कैद, झुटो बयान दिने पिडितकी आमालाई पाँच हजार जमिाना

दैलेख । दैलेखमा बलात्कारसम्बन्धी घटनामा अदालत पुगेको घटनामा मुद्दाका दुवै पक्षलाई सजाय भएको छ । प्रहरीमा दिएको जाहेरीविपरीत बयान बदलेपछि मुद्दाका दुवै पक्षलाई अदालतले...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

ट्रेन्डिङ

जेलबाट छुटाइदिन्छु भन्दै साँढे छ लाख लिएपछि…

इलाम । इलामका एक व्याक्तिले मानब बेचबिख अभियोगमा जेल परेकालाई जेलबाट छुटाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगेका छन् । अनेरास्वबीयूका केन्द्रिय सदस्य समेत...

गतवर्ष रिलिज भएनन् स्टार अभिनेताका फिल्म

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेता...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)