Monday, September 27, 2021
Your Ads Here
Homeबिचाररगत लिने र दिने दुवैलाई लाभ

रगत लिने र दिने दुवैलाई लाभ

डा. प्रकाश बुढाथोकी,
sharethis

 

विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८ हजार ८३६ युनिट रगत संकलन गरेको छ । त्यस्तै ३ लाख २१ हजार ७७६ युनिट रगत तथा रक्ततत्व पीडित पक्षलाई उपलब्ध गराएको तथ्यांक छ । आकस्मिक रूपमा दैनिक बढीमा ४ सय युनिट रगत केन्द्रमा मौज्दात रगत रहनेगर्छ । रगतको माग कम्तीमा दैनिक ३ सय देखि ३ सय ५० पिन्ट छ

रगत

रगत मानव शरीरको मुटु र रक्तनली सिरा, धमनीमा अविरल बगिरहने महत्वपूर्ण नभई नहुने तरल पदार्थ हो । प्राकृतिक रूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल प्लाज्माको सम्मिश्रण हो । कोषिकामा रातो रक्तकण, सेतो रक्तकण र प्लेटलेट हुन्छ भने प्लाज्मामा पानी, खनिज पदार्थ, प्रोटिन अल्बुमिन, ग्लोबुलिन, फाइब्रोनोजिन, प्रोथोम्बिन विभिन्न रसायनिक पदार्थ र रगत जम्न चाहिने क्लोटिङ तत्व रहन्छन् । वयस्कमा हड्डीभित्र रहेको रातोमासीमा रगत बन्दछ भने भु्रण अवस्थामा र नवजात शिशुमा कलेजो र फियोमा बग्दछ ।

मानव शरीरमा नयाँ रगत बन्ने र पुरानो नष्ट हुने क्रम निरन्तर रूपमा चलिनै रहन्छ । सामान्यतः रातो रक्तकोष १२० दिनमा, सेतो रक्तकोष १ सातामा, लिम्फोसाइट १०० दिनमा र प्लेटलेटको ८ देखि १२ दिनमा चक्र पूरा हुन्छ र नष्ट हुन्छ । पुरूषमा ७६ मिलि प्रतिकेजी रगत हुन्छ भने महिलामा ६६ मिलि प्रतिकेजी रगत हुन्छ । तर, दैनिक कार्यसञ्चालन गर्न शरीरमा ५० मिलि प्रतिकेजी रगतको आवश्यक पर्दछ । पुरुषमा २६ मिलिलिटर प्रतिकेजी र महिलामा १६ मिलिलिटर प्रतिकेजी रगत जगेडाका रूपमा रहन्छ ।

प्राकृतिक रूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल प्लाज्माको सम्मिश्रण हो

रगत सुरक्षा
निर्मलीकरण र परीक्षण नगरिएका रगतबाट दर्जनौं रोग सर्न सक्छ । रगतको सञ्चार मिश्रित आशीर्वाद हुनसक्ने भएकाले उचित किसिमले, उचित प्रकारले र उचित स्थानमा मात्र रक्तसञ्चार, रक्तदान गर्नुपर्छ । नेपालमा रक्तसञ्चार, ब्लड बैंक सरकारीस्तरबाट मात्र हुने गरेकोले नेपालमा त्यस्तो ठूलो केही भएको पाइँदैन । रगतको कार्यमा अप्राविधिक संलग्न हुनु, खतरा हुदा“हुदै बिरामीका आफन्त रगत रक्तसञ्चार केन्द्रबाट रगत बोक्न संलग्न हुन्छन् । ब्लड बैंकबाट अस्पतालसम्म पु¥याउ“दा रगत बिग्रने, संक्रमण हुने जस्ता खतरा रहन्छ । रगत जम्ला भनी बिस्तारै मिसाउने भनेकोमा ग्यास्ट्रिकको औÈधि एन्टाएसिड तथा एन्टिबायोटिक हल्लाए जस्तै ज्यादै जोडसँग हल्लाउने, मिलेन वा बढी भयो भन्दै पटक पटक ल्याउने, लग्ने, लामो बाटोमा स्टक भन्दै वा गाडीमा हल्लाउँदै ओसार्ने, घरमा फ्रिज तथा डिफ्रिजमा राख्ने, सानो प्वाल पार्ने, भित्रको रक्तकोÈ बिग्रने जस्ता यावत समस्या आई बेलाबखतमा रक्तसुरक्षामा प्रश्न खडा हुने गरेका छन् ।

रक्तसञ्चार

बेलायतका डा. विलियन हार्वेले ईस १६१६ मा प्रथमपटक मानिसको शरीरमा निरन्तर रगत प्रवाह हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए भने डा. रिया ओरले १६६५ मा एउटा कुकुरको रगत अर्को कुकुरमा सञ्चार गर्न सफल भएका थिए । जनावरको रगत मानिसमा सञ्चार गराउन थुप्रै डाक्टर, वैज्ञानिकको थुप्रै प्रयासपश्चात् सन् १८१८ मा बेलायतका प्रसूति विशेषज्ञ डा. जेम्स बलन्डेलले एउटा मानिसको रगत अर्को मानिसमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित गरेका थिए । रक्तसञ्चारलाई अझ सरल बनाउन आस्ट्रियाका डा. कार्ल ल्यान्डस्टिनरले सन् १९०१ माएबीओ रक्त समूह पत्ता लगाएका थिए । यस्तै र त्यसपछि विभिन्न समयमा भएका अध्ययन खोज अनुसन्धानले आज विश्वमा धेरै रोगीले पुर्नजीवन पाउने गरेका छन् ।

नेपालमा भने तत्कालीन रक्त व्यवस्थापन समितिका अध्यक्ष नैनपाल राज्यलक्ष्मीदेवी राणाको नाममा १२ हजार रुपैयाँ र एउटा फ्रिज सहयोगस्वरूप प्रदान गरी लक्ष्मी ब्लड बैंकको स्थापना भएको हो । यहींबाट २०२३ साल साउन १२ गतेदेखि नेपाल रेडक्रस सोसाइटीले सेवा सञ्चालन सुरु गरेको इतिहास छ । नेपालमा रक्तदान गर्ने विसं २००० तिर पहिलो व्यक्ति दयावीर कंशाकार भएको पाइन्छ । तत्पश्चात् २०२३ मा रक्तसञ्चार केन्द्र सुरु भएपछि पनि पेसेबर रक्तदाताकै बाहुल्य थियो । विसं २०३६ मा संस्थागत रूपमा र २०४९ मा आएर ब्लड डोनर अर्गजाइजेसन अफ नेपाल ( ब्लडदान)को स्थापना भएको देखिन्छ ।

आफूलाई नोक्सानी नभई फाइदा पनि हुने भएकाले खेर जाने रगत प्रदान गर्दा पाउनेको जीवन जोगिन्छ

रक्तदान गर्न नमिल्ने अवस्था

केही अवस्थामा केही समय सीमासम्म रक्तदान गर्न बन्देज छ । सुत्केरी तथा गर्भपतन भएको ६ महिनासम्म, रगत, टिस्यु, अंग प्राप्तकर्ताको हकमा १ वर्षसम्म, ठूलो शल्यक्रिया भई निको भएको ६ महिनासम्म, सानो शल्यक्रिया भई निको भएको १ महिनासम्म, दाँत निकालेको तथा दन्त शल्यक्रिया गरेको ३ दिनसम्म, टाइफाइड भई निको भएको १ वर्षसम्म, औंलो भएको प्रभावित क्षेत्रमा ३ महिना र गैरप्रभावित क्षेत्रमा ३ वर्षसम्म, टाटु खोपेको, अक्युपन्चर र अन्य को १ वर्षसम्म, स्तनपान गराइरहेका महिलाले १ वर्षसम्म, कुनै खोप एल्लो फिवर, मिजल्स, पोलियो आदि लिएको २ सातासम्म र रुबेला, भेरिसेला जोस्टर खोप लिएको ४ सातासम्म, रेबिज खोप, हेपाटाइटिस बी इम्युनग्लोबिन लिएको १ वर्षसम्म र हेपाटाइटिस बी र सी भएकासँग सम्बन्ध राख्नेले १ वर्षसम्म रक्तदान गर्न मिल्दैन । त्यसैगरी क्षयरोगी, उपचार पूरा भएको १ वर्षसम्म, छारे रोगको उपचार पूरा भएको ३ महिनासम्म, एनएसएआईडी औषधि लिनेले औषधि रोकेको ३ दिनपछि, मिजल्स, ठेउला, मम्स भएकामा ६ महिनासम्म, इन्फ्लुएन्जा, स्वासप्रस्वाससम्बन्धी रोग भइसकेकामा उपचार सिद्धिएको १ सातासम्म रक्तदान गर्न हुँदैन ।

रक्तदान गर्न पूर्णरूपमा क्यान्सर, हृदयघात, मधुमेह, हेपाटाइटिस बी, सी, ई, मिर्गौला, कलेजो, दमका रोगी, अनियन्त्रित रक्तबहाव भएका, तौल घटिरहेका, एचआईभी, एड्सका लक्षण देखिएका, उच्च जोखिमयुक्त व्यवहार भएका, पोलिसाइथेमिया, सिजोफ्रेनिया, इन्डोक्राइन डिस्अर्डर,एचआईभी संक्रमितसँग सम्बन्ध राख्ने, चागास, ह्युमन ट्राइपानोसोमीयासिस, बेबिसिओसिस, कपोसिस सार्काेमा आदि अवस्थामा मिल्दैन ।

अभियानका रूपमा

विश्व स्वास्थ्य संगठनले मुलुकको २ प्रतिशत जनसंख्याले रक्तदान गरेमा मागअनुसारको आपूर्ति सहज हुने बताएको छ । मुलुकको भूधरातल विषम प्रकारको छ । देशका सम्पूर्ण भागमा यातायात, सञ्चार, ब्लड बैंकको सुविधा छैन जसले गर्दा बिरामीले अकालमा मृत्युवरण गर्नुपर्छ । जहाँ जुन प्रकारको साधनस्रोत र सेवा उपलब्ध छ त्यहीअनुसार कार्य थाल्नुपर्छ । किनभने दुर्घटना प्राकृतिक प्रकोप र आकस्मिक घटना दिनरात समय र सार्वजनिक बिदा भनी घट्दैनन् र रगत नपाएर मर्न बिरामीहरू बाध्य हुन्छन् ।

सामान्यतः प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८ वर्षको जन्मोत्सवसँगै रक्तदान शुभारम्भ गर्नुपर्छ । रक्तदानलाई संख्यात्मक र गुणात्मक रूपमा वृद्धि गर्नुपर्छ । रक्तदान वर्षको एकपटक वा नियमित रूपमा प्रत्येक तीन तीन महिनामा वर्षको चारपटक गर्नु जरुरी छ । किनभने संकलित रगतलाई एन्टिकोगुलेन्टको सहायताले ३५ दिन मात्र शीत कक्षमा भण्डारण गर्न सकिन्छ ।

अन्तमा, रक्तदान नै जीवनदान भएकाले मानवीय दायित्व ठानी निःस्वार्थ भावले गरेको रक्तदानबाट अशक्त, असक्षम रोगीको जीवन रक्षा त हुन्छ नै यसबाट दातालाई मानसिक आत्मसन्तुष्टि र धर्मको अनुभव हुन्छ । त्यसैगरी पुरुष भए हरेक ३ र महिला भए हरेक ४ महिनामा रक्तदान गर्दा अर्काको जीवन त जोगिन्छ नै आफ्नो रक्तचाप, लिपिड, कोलेस्टेरोल, युरिक एसिड नियन्त्रण हुन्छ । छाला, हाड तथा मुटु रोग नलाग्ने, महिनावारीमा पेट दुख्ने, डन्डिफोरको समस्याबाट उन्मुक्ति मिल्ने विभिन्न अनुसन्धानले देखाएका छन् । आफूलाई नोक्सानी नभई फाइदा पनि हुने भएकाले खेर जाने रगत प्रदान गर्दा पाउनेको जीवन जोगिन्छ । तसर्थ, रक्तदान गर्न डराउन र कन्जुस्याइँ गर्नुहुँदैन ।

 

तपाइको प्रतिक्रिया

(Visited 78 times, 1 visits today)

आजको समाचार

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

नेकपा एकीकृत समाजवादीको कार्यभार र चुनौती

  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक हालै सम्पन्न भएको छ । बैठकले समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउने राजनीतिक कार्यदिशाका साथ...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

ट्रेन्डिङ

शुक्रबारदेखि देशैभरी भारी वर्षा र बाढीको सम्भावना, अहिलेदेखि नै सावधानी अपनाउन सुुझाव

काठमाडौं । आगामी शुक्रबारदेखि देशैभर भारीे वर्षा तथा बाढीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न पनि आग्रह...

‘पेट्रोलियम पदार्थको अभाव छैन’

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्सन) नभएको स्पष्ट पारेका छन् । उनले भने,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)