Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksदार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

दीपक ओली,
sharethis

 

धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्दस्वरूपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै यस्तो दाबी गरेका हुन् । सो घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गरेकोमा भारतको जवाफ आएको हो । पिथौरागढका जिल्ला अधिकारी आनन्दस्वरूपको जवाफी पत्र दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीको लिखित जवाफ पाएका छौं,’ दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘जवाफमा तुुइन तर्न नसकेर युुवक आफैं खसेको जनाइएको छ । बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’

उता, भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको भारतीय पक्षले स्वीकार गरेको छ । जिल्ला अधिकारी आनन्दस्वरूपले पत्रमा उल्लेख गर्दै भनेका छन्, ‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो तर घटनामा उनीहरूको कुनै खालको संलग्नता छैन ।’

भारतीय पक्षले घटनापछि युुवकको खोजी कार्यमा एसएसबीको टोलीसमेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएका थिए । यसैलाई आधार मान्दै स्थानीय प्रशासनले भारतीय एसडीम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मिटर ब्याजको जालो : न जमिन रह्यो, न पैसा

बेपत्ता युवक धामीको अवस्था यो समाचार तयार पार्दासम्म अज्ञात छ । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानबिनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

यस्तै घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी पनि खटाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घटनाबारे वास्तविकता खुल्न नसकेको बताए ।

उता, महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाप्रति दार्चुला प्रशासनले प्रतिक्रिया दिएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एसएसबीले नै तुइन काटिदिएको भन्ने पुष्टि भइनसकेको जनाएको हो ।

‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना÷समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो घटना अनुसन्धान/छानबिनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन सूचना/समाचार प्रकाशन नगरिदिन अनुरोध छ ।’

प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए ।

 

तपाइको प्रतिक्रिया

(Visited 67 times, 1 visits today)

आजको समाचार

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

साताका लोकप्रिय समाचार

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

  काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

पूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह

  काठमाडौं । प्रदेश नम्बरका १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नियमविपरीत गाडी खरिद गरेको खुलेको छ । केही साताअघि मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

ट्रेन्डिङ

लायन्स क्लब सामाखुसीले उपलब्ध गराएको एसएनसियु बाटैमा गायब

डडेल्धुरा । डडेल्धुरा अस्पताललाई सामाखुसी लायन्स क्लब काठमाडौंले उपलब्ध गराएको करिब २० देखि २५ लाख रुपैयाँ पर्नेे एसएनसियु (नवजात शिशु विषेश स्याहार कक्ष) हस्तान्तरण...

सबै सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)