Monday, September 27, 2021
Your Ads Here
Homeबिचारसंक्रमित बढेसंगै सतर्कता जरुरी

संक्रमित बढेसंगै सतर्कता जरुरी

राजधानी समाचारदाता,
sharethis

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी कम भएर जानेछ भन्ने विश्वास बढेर गएको थियो । सचेतन प्रयत्न पनि सबै क्षेत्रबाट बढिरहेका बेला देशमा सक्रिय संक्रमित कमै हुनुपथ्र्याे । यो सामान्य आँकलन थियो । देशभर कोरोनाविरुद्धको खोप विस्तार भइरहेकाले पनि यो आशा सबैमा छाएको थियो । तर, यो संख्या निषेधाज्ञा जारीसँगै क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि शुक्रबार फेरि ३१ हजार १४ पुगेर उच्चता कायम गरेको छ । हाल पीसीआर परीक्षण पनि भइरहेको र खोप पनि लगाइरहेकाले संक्रमण हरेक जिल्लामा कम हुनुपर्ने थियो । तर, पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने जिल्लामा वृद्धि हुँदै गएको छ । हाल १२ जिल्ला उच्च संक्रमणको चपेटामा रहेका छन् । यसले अबका दिनमा संक्रमण अन्य जिल्लामा पनि यही अनुपातमा बढेर जानेछ । पछिल्लो समयमा घटिरहेको संक्रमणको अनुपात एक्कासि उकालो लाग्न थालेपछि कम संक्रमित जिल्ला पनि बढी सतर्क हुँदै गएका छन् ।

महामारीको तेस्रो लहर आउने प्रक्षेपण भइरहेका बढिरहेको संक्रमण आँकडाले नेपाली जनस्वास्थ्यमाथि खतराको घण्टी बजाइरहेको छ । जनतामा खोपको माग बढेर गएको छ । यो सकारात्मक कुरा हो । अमेरिकाजस्तो बढी विकसित र बढी संक्रमित देशमा खोपप्रति जनताको चासो नदेखिइरहेका बेला नेपालमा खोपको माग हुनु आफैंमा कोरोना महामारीविरुद्धको अभिव्यक्ति हो । तर, जनतालाई पुग्नेगरी खोप आउन नसक्नु आफंैमा विडम्बनाको कुरा हो । सरकारले जे जसरी भए पनि आवश्यक मात्रामा खोप ल्याइने र बिनाढिलाइ जनतामा वितरण गरिने आश्वासन भने दिन छाडेको छैन । यसले शान्त होइन, जनतालाई रनभुल्लमा पारेको छ । महामारीको संक्रमण बढ्दै गएपछि हाल प्रदेश १ का मोरङ र सुनसरी, बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशका नवलपरासी महामारीविरुद्धको अभियानमा चर्कै गरी लागिपरिरहेका छन् । दोस्रो लहरको महामारीको चपेटाले कहीँ पनि नछाडेका बेला विकट कर्णाली प्रदेशको सुर्खेत पनि संक्रमणको तबाहमा परिरहेको छ । यतिबेला संघीय, प्रादेशिक तथा स्थानीय सरकारबीच घनीभूत सहकार्यको जरुरी भएर आएको छ ।

संक्रमणको चाप र प्रभावका हिसाबले औषधि, खोप तथा विशेषज्ञ केही बढी मात्रामा यी बढी प्रभावित इलाकामा केन्द्रित गरिनु जरुरी छ । यसबारे सरकारले केन्द्रबाटै निर्णय लिँदा बढी प्रभावकारी हुने देखिन्छ । यसका साथै आमजनतामा रहेको हेलचेक्र्याइँमा पनि बेलैमा सुधार ल्याइनु जरुरी हुन गएको छ । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन जरुरी छ । जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका बखत जनताले अब संक्रमित हुने पालो मेरो भनी सम्झिएर सतर्क हुनुपर्ने भएको छ । यसका लागि आत्मानुशासित बनेर मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनु अत्यावश्यक छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 65 times, 1 visits today)

आजको समाचार

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

साताका लोकप्रिय समाचार

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

स्नातक अध्ययनका लागि कलेज खोज्दै करिश्मा

  काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अब स्नातक अध्ययन सुरु गर्ने भएकी छिन् । शुक्रबार मात्र उनले १२ कक्षाको परीक्षा सम्पन्न गरेकी छिन् । यी...

यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

  काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन्...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

ट्रेन्डिङ

अन्ततः खुल्यो लोकसेवा

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु...

ललितको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ललित उपचाररत...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)