Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsअब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आएको गुनासोलाई सम्बोधन गरिएको हो ।

अर्थ मन्त्रालयको निर्देशनपछि सरकारी स्वामित्वको बैंकमार्फत नै कारोबार हुने व्यवस्था मिलाइएको हो । संसद् र अन्य माध्यममा कुरा उठे पश्चात् सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराएक थिए । सभामुखको निर्देशन अनुसार सचिवालयले २०७७ मङ्सिर १८ गते सरकारी कारोवार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको सो बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थलाई पत्राचार गरेको थियो ।

विसं २०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थबाट प्राप्त भएको थियो । सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सभामुखको पहलपछि अर्थले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको प्रवक्ता पाण्डेले जानकारी दिऐ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

यस्तै सो बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागिसमेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाता एभरेष्ट बैंकमार्फत सञ्चालन हुँदै आएको थियो । सचिवालयले सभामुख सापकोटा र अर्थमन्त्री जनार्दन शर्मालगायत यस कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सम्पूर्ण निकायका पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता पाण्डेको भनाइ छ ।

रासस

तपाइको प्रतिक्रिया

(Visited 55 times, 1 visits today)

आजको समाचार

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

साताका लोकप्रिय समाचार

गाडीभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि...

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

  काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

संवादमार्फत समाधान खोज्दै सभामुख

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा...

प्रतिनिधिसभा बैठकमा जे देखियो…

  काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका...

ट्रेन्डिङ

अपहेलना गरेको भन्दै अभिनेत्रीहरू आक्रोशित

काठमाडौं । आफूहरूको शारीरिक अवस्थाको अपहेलना र विभेद गरियो भन्दै अभिनेत्रीहरूले आक्रोश पोखेका छन् । यो आक्रोश सुरुमा अभिनेत्री पूजा शर्माले पोखेकी हुन् ।...

भक्तपुर मृत्यु प्रकरण : श्रीमती र छोराको हत्यापछि आत्महत्या !

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)