एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

 

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट एकै परिवारका २ पुरुष र १ महिलाको ज्यान गएपछि खैजनपुर सिल गरिएको हो ।

कोरोना संक्रमणबाट २२ दिन अघि ४३ वर्षिय रमण पोखरेल, ११ दिन अघि ३८ वर्षिय हेमराज पोखरेल र शुक्रबार राति ४० वर्षिय देवी पोखरेलको मृत्यु भएको थियो । उनीहरु दाजुभाई तथा भाउजु हुन् । उनीहरुको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको थियो ।

उनीहरुको परिवारमा एन्टिजेन कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । देवीको श्रीमान, छोरा, छोरीमा पनि कोरोना संक्रमण देखिएको छ । श्रीमानको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि बाहिर लैजाने तयारी गरेको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला प्रशासन कार्यालय उदयपुरको समन्वयमा वडाको बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमा भित्र आउजाउ ठप्प पार्ने गरी निशेधाज्ञा लागू गरेको हो । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार महिना दिन नपुग्दै कोरोना संक्रमणले एकै परिवारका ३ जनाको ज्यान गएपछि थप क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

त्रियुगा नगरपालिका २ का वडाध्यक्ष खत्रीले एक सूचना जारी गर्दै खैजनपुरमा गाउँमा एकै परिवारमा तीन जनाको मृत्युसँगै गाउँमा अधिकांशमा रुघा खोकी, ज्वरो आउने बिरामीको संख्या बृद्धि भएपछि तीन वटा टोल विकासलाई सिल गरिएको जनाएको छ ।

वडाध्यक्ष खत्रीले मृतक महिलाका पतिलाई पनि संक्रमण भएको र टोल भित्र दर्जन बढी व्यक्तिहरु समेत संक्रमित पाइएको बताए । एकै घरमा ३ जनाको ज्यान जानु र थप बिरामीहरु भटाभट टोलमा भेटिएका कारण सनिबार राति १२ः०० बजेदेखि आउँदो २४ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको खत्रीले बताए ।

निषेधाज्ञा अबधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ भने यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबै बन्द गरिएको छ । खाद्यान्न जोहो गर्नका लागि बिहान ७ः०० देखि ९ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म बाहिर निस्कन खुल्ला गरिएको छ । निषेधाज्ञा अवधिमा बिना कारण बाहिर निस्केको पाइए संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी वडाले जारी गरेको सूचनामा दिइएको छ ।

उदयपुरमा पछिल्लो २४ घण्टामा ७ महिला सहित २४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा १४, बेलका नगरपािलकामा ७ चौदण्डीगढी नगरपालिकामा ३ जना संक्रमित थपिएका छन । योसँगै सक्रिय संक्रमितको संख्या १ सय १४ महिला सहित २ सय ४६ पुगेको छ । हालसम्म उदयपुरमा निको हुनेको संख्या १ हजार २ सय १३ महिला सहित २ हजार ६ सय २८ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ अधिकृत उमेश लुईटेलले जानकारी दिए ।

सिल गरिएको क्षेत्रमा चिया पसल, होटल तथा मदिरा पसल, सैलुन पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । सिल गरिएको क्षेत्रमा आवत जावतमा रोक, भिडभाड गर्न रोक, भोज भत्तेर, पाटी गर्न बन्द पनि रोक लगाएको छ । खाद्यान्न सामग्री, कृषि तथा पशुपक्षी जन्य दुग्ध जन्य ओसारपसार गर्न सवारी साधन संचालनमा कुनै रोक लगाईएको छैन । यस्तै अति आवश्यक एम्बुलेन्स, बारुणयन्त्र, औषधिको गाडी संचालनमा कुनै रोक लगाएको छैन । उदयपुरमा दोश्रो भेरियन्टमा १६ महिला सहित ५२ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी