Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशसत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

राजधानी समाचारदाता,
sharethis

 

गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रौतहटमा सत्ता आतंक ब्युतिएको भन्दै आक्रोशित बनेका हुन् । राजपुरमा अर्काको घरमा पसेर पटाका पडकाउने तथा रोक्न खोज्दा हातपात गर्ने, मर्यादपुरमा घरमा बसिरहेको अवस्था अल्पसंख्यक दलितलाई ज्यान मार्न उद्देश्यले आक्रमण गर्ने र उल्टै पीडितमाथि मुद्दा दर्ता गराउने, उचीडिह, करुनिया, सितलपुर र सन्तपुरमा कांग्रेसी कार्यकर्ताद्वारा महिलाको बलात्कार गरिएको र पार्टी सरकारमा छ भन्दै उल्टै पीडितलाई धम्काइएकोजस्ता दर्जनौँ घटना सामन्ने आएपछि खबरदारी गर्न जनता आज सडकमा उत्रिएका हुन् ।

त्यस्तै फतुवा विजयपुर, देवाही गोनाही, गरुडासहित कयौँ स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रमको करौडौँ रकम फ्रिज गराई गरिबको अधिकार खोसेको, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम समेत फ्रिज गराएको, विकास निर्माणका कार्य नगरीकन व्यापक भ्रष्टाचार र लुटआतंक मच्चाएकोले समेत जनता आजित भई मोटरसाईकल -याली निकालेको हो । -यालीको नेतृत्व भने आईटी आर्मीले गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए । त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए । मोटरसाइकल -याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरुको सहभागिता राष्ट्रिय संयोजक चन्द्र भुषण साहले बताए ।

-यालीमा सहभागीहरुले ‘कांग्रेसी सत्ता आतंक बन्द गर’ ‘गरीबको हक खोस्ने भ्रष्ट मेयर मुर्दावाद’ ‘न्याय छेक्ने कांग्रेसी सरकार मुर्दावाद’ ‘भ्रष्टचारी होसियार, लुटआतङ्क बन्द गर’ जस्ता नारा लगाउदै जिल्ला परिक्रमा गरेका थिए । मोटरसाइकल -यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साहलगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 95 times, 1 visits today)

आजको समाचार

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग
आइतबार...

साताका लोकप्रिय समाचार

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

ट्रेन्डिङ

मलाई शंका छ समयमा निर्वाचन हुन्न कि : ओली

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको बताएका छन् । आज देशवासीका...

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)